Jul 27 2026 | २०८३, श्रावण ११ गते

मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) गुणस्तर सुनिश्चितता एवं प्रत्यायन प्रमाणित

मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) गुणस्तर सुनिश्चितता एवं प्रत्यायन प्रमाणित

  • 871
    SHARES

  • मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) गुणस्तर सुनिश्चितता एवं प्रत्यायन प्रमाणित

    पुस, २६ गते/ काठमाडौ। मध्यपश्चिम विश्वविद्यालयको स्वायत्त संस्था ‘मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम)’ ले विश्वविद्यालय अनुदान आयोग (UGC) बाट गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (QAA) प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । बिहीवार एक समारोह बीच आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीज्यूले मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) लाई उक्त प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

    FB_IMG_1736431966751.jpg

    विश्वविद्यालय अनुदान आयोगद्वारा आयोजित कार्यक्रमको अध्यक्षता विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले गरे। उक्त कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमज्यू, विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा. शंकर प्रसाद भण्डारीज्यू, मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलज्यू, आयोगका गुणस्तर सुनिश्चितता एवं प्रत्यायन निर्देशक प्रा. डा. रेजिना मास्केज्यू, आयोगका पदाधिकारीज्यूहरु, मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीज्यू, मुसोमका डाइरेक्टरज्यू तथा प्राध्यापक लगायतको उपस्थिति रहेको थियो ।

    FB_IMG_1736431978747.jpg

    त्रिभुवन विश्वविद्यालयका उपकुलपति एवं  पीआरटी (PRT) संयोजक  प्रा. डा.  केशर जंग बरालज्यू सम्मिलित समितिले गरेको मुल्यांकन र विश्वविद्यालय अनुदान आयोगद्वारा निर्धारण गरेका विभिन्न मापदण्ड तथा सुचाङ्कहरु पुरा गर्दै विशेषज्ञहरूको टोलीले विस्तृत मूल्यांकन गरे पश्चात मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट लाई उक्त प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

    विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीज्यूले आफ्नो मन्तव्यका क्रममा QAA प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट परिवारलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा थप गुणस्तर वृद्धि गर्दै जानेमा विश्वस्त रहेको बताए ।

    मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमज्यूले मन्तव्यका क्रममा मुसोम, गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (QAA) प्रमाणपत्र प्राप्त गर्न सफल कर्णाली प्रदेशकै पहिलो शैक्षिक संस्था भएकोमा मध्यपश्चिम विश्वविद्यालय, कर्णाली प्रदेश र समग्र देशकै ऐतिहासिक एवं गौरवको विषय भएको बताए। उनले भने भने समग्र मध्यपश्चिम विश्वविद्यालयनै QAA प्राप्त गर्न तर्फ अगाडी बढिरहेको बताएका थिए। ।

    त्यसैगरी मुसोमका निर्देशक डा. सुशील कुमार शाहीले मुसोमलाई गुणस्तरीय शैक्षिक संस्था बनाउन स्कुलसंग सम्बन्धित सम्पूर्ण महानुभावहरुको सामूहिक प्रयास र मेहेनतले उक्त सफलता हासिल गरेको  उल्लेख गर्दै आगामी दिनमा समेत विद्धमान गुणस्तर कायम गर्दै यसलाई थप परिस्कृत गर्दै अगाडी बढ्ने बताए ।

    images
    शुक्रवार, पौष २६ २०८१०८:०८:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार