Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविद्वारा विभिन्न २४ क्याम्पसला क्याम्पस प्रमुख नियुक्त

त्रिविद्वारा विभिन्न २४ क्याम्पसला क्याम्पस प्रमुख नियुक्त

  • 782
    SHARES

  • त्रिविद्वारा विभिन्न २४ क्याम्पसला क्याम्पस प्रमुख नियुक्त

    पुस, २९ काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विभिन्न २४ वटा क्याम्पसको क्याम्पस प्रमुख नियुक्त गरेको छ। आइतबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले क्याम्पस प्रमुख नियुक्त गरेको हो।

    त्रिवि प्रवक्ता बोहाराका अनुसार क्याम्पस प्रमुखका लागि छनोट समितिमार्फत खुला आवेदन आह्वान गरेको थियो। छनोट समितिले गरेको सिफारिसका आधारमा नियुक्त गरिएको त्रिविका प्रवक्ता एमन सिंह बोहराले जानकारी दिए।

    त्रिवि कार्यकारी परिषद्ले गत असोजमै छनोट तथा सिफारिस समिति गठन गरेको भए पनि सिफारिस र नियुक्तिमा भने ढिलाई हुँदै आएको थियो । धेरै वटा क्याम्पसमा एकै पटक नियुक्ति गर्न लाग्दा प्रक्रिया लामो भएको भन्दै आलोचना हुँदै आएको थियो । यी क्याम्पसमा निमित्त क्याम्पस प्रमुखको व्यवस्था हुँदै आएको थियो ।

    यस्तो छ नियुक्त भएका क्याम्पस प्रमुखहरुको विवरण

    १: शंकरदेव क्याम्पस काठमाडौंमा सहप्राध्यापक कपिल खनाल

    २: नेपाल कमर्श क्याम्पसमा सहप्राध्यापक जितेन्द्रप्रसाद उपाध्याय,

    ३: ललितकला क्याम्पसमा उपप्राध्यापक यामप्रसाद शर्मा,

    ४: भैरवहा क्याम्पसमा लक्कीप्रसाद जोशी,

    ५: सानोठिमी क्याम्पसमा उपप्राध्यापक माधवप्रसाद श्रेष्ठ,

    ६: महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा सहप्राध्यापक लालमणि आचार्य

    ७: सुर्खेत बहुमुखीमा सहप्राध्यापक माधवप्रसाद खनाल,

    ८: विश्वभाषा क्याम्पस काठमाडौंमा उपप्राध्यापक महेन्द्रकुमार बुढाथोकी,

    ९: पाटन संयुक्त क्याम्पसमा सहप्राध्यापक रघुवीर विष्ट

    १०: बुटबल बहुमुखी क्याम्पसमा उपप्राध्यापक अरुणकुमार क्षेत्री

    ११: रामस्वरुप रामसागर क्याम्पस जनकपुरमा प्राध्यापक बसन्तकुमार कर्ण,

    १२: भोजपुर बहुमुखीमा सहप्राध्यापक पर्वतकुमार राई,

    १३: पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापक हरिप्रसाद पाठक,

    १४: रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौंमा सहप्राध्यापक पदमकुमार अधिकारी,

    १५: सूर्यनारायण सत्यनारायण क्याम्पस सिरहामा सहप्राध्यापक राजेश्वरप्रसाद यादव

    १६: डोटी बहुमुखी क्याम्पसमा सहप्राध्यापक दिलानन्द जोशी,

    १७: त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा उपप्राध्यापक टंकप्रसाद पन्थ,

    १८: जुम्ला बहुमुखी क्याम्पसमा उपप्राध्यापक प्रकाशचन्द्र खत्री,

    १९: वनविज्ञान अध्ययन संस्थान पोखरामा सहप्राध्यापक नारायणप्रसाद गौतम,

    २०: कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसमा उपप्राध्यापक रामकुमार

    २१: पक्लिहवा क्याम्पसमा सहप्राध्यापक जन्मजय गैरे,

    २२: मेची बहुमुखी क्याम्पस झापामा सहप्राध्यापक देवीप्रसाद आचार्य,

    २३: केन्द्रीय प्रविधि क्याम्पस धरानमा प्राध्यापक बसन्तकुमार राई

    २४: धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा सुदर्शन सिलवाल

    images
    सोमवार, पौष २९ २०८१०९:१८:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार