Jul 27 2026 | २०८३, श्रावण ११ गते

क्षमता बिकास गर्न ७२० जना शिक्षकलाई तालिम दिदै काठमाडौँ महानगर

क्षमता बिकास गर्न ७२० जना शिक्षकलाई तालिम दिदै काठमाडौँ महानगर

  • 420
    SHARES

  • क्षमता बिकास गर्न ७२० जना शिक्षकलाई तालिम दिदै काठमाडौँ महानगर

    माघ, २ गते / काठमाडौँ । काठमाडौँ महानगरपालिकाकाकोले ७२० जना शिक्षकका लागि विषयगत, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन व्यवस्थापन र एकीकृत पाठ्यक्रम विषयमा तालिम दिने भएको छ । महानगर शिक्षा बिभागले ‘टिचर कलेज कार्यक्रम’अन्तर्गत शिक्षकहरुको क्षमता विकास गराएर यसबाट प्राप्त योग्यता र सिपलाई नतिजा सुधारको लक्ष्य राखेर तालिम सञ्चालन गर्न लागिएको हो ।

    माघ ३ गते सुरु हुने तालिममा महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका जुनसुकै विद्यालयमा अध्यापन गराइरहेका शिक्षकलाई सहभागी गराइनेछ जानकारी दिइएको छ। आवेदकमध्येबाट सामुदायिक विद्यालयका शिक्षकलाई छनोट प्राथमिकतामा राखिनेछ । शिक्षकको क्षमता विकास गराएर शैक्षिक क्रियाकलापलाई सिर्जनात्मक, एकीकृत, सिप र व्यवहारमा आधारित बनाउने लक्ष्य राखेर सञ्चालन गर्न लागिएको तालिममा ७२० जना शिक्षकलाई सहभागी गराइनेछ ।

    काठमाडौँ महानगरपालिकाभित्र स्थायी बसोबास भएका र महानगरपालिकाभित्रका जुनसुकै विद्यालयमा अध्यापन गराइरहेका शिक्षकलाई दोस्रो प्राथमिकतामा राखिने । स्थायी बसोबास जहाँको भए पनि काठमाडौँ महानगरपालिकाभित्रका जुनसुकै विद्यालयमा अध्यापन गराउने शिक्षकलाई छनोटको तेस्रो प्राथमिकतामा राखिएको छ । 

    शिक्षा विभागले आज शिक्षकहरुलाई तालिम सम्बन्धी सूचना जारी गरेको छ । यसअन्तर्गत माघ ३ र ४ गते कक्षा १० का गणित, विज्ञान, सामाजिक, नेपाली, अंग्रेजी, अर्थशास्त्र विषयका शिक्षकहरुलाई तालिम हुनेछ । हरेक विषयमा ६० जना शिक्षकलाई तालिममा सहभागी गराइनेछ । 

    माघ ३ गतेदेखि ८ गतेसम्म प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकहरुका लागि केन्द्र सञ्चालन व्यवस्थापनका लागि तालिम हुनेछ । यस समूहमा ९० जना शिक्षकलाई सहभागी गराइनेछ । 

    कक्षा १ देखि कक्षा ३ सम्म अध्यापन गराइरहेका २७० जना शिक्षकलाई माघ ३ गतेदेखि माघ ७ गतेसम्म तालिम सञ्चालन हुनेछ । एकीकृत पाठ्यक्रम तथा निर्माणात्मक मूल्याङ्कन यस समूहका शिक्षकलाई प्रदान गरिन लागेको महानगर शिक्षा बिभागले जानकारी दिएको छ। यसरी सञ्चालन हुने तालिमले शिक्षकको वृत्ति विकास र विद्यार्थीको नतिजा सुधार दुवै पक्षमा सकारात्मक नतिजा ल्याउने अपेक्षा छ । 

    तालिममा सहभागी हुन इच्छुक शिक्षकहरुले माघ २ गते दिउँसो १ बजेभित्रमा अनलाइनबाट आवेदन दर्ता गराउनु पर्नेछ । तालिममा सहभागी आवेदकको नाम र तालिम केन्द्र यसै दिन प्रकाशन गरिनेछ ।

    #काठमाडौ महानगरपालिका 

    यो लिङ्क थिचेर प्राप्त हुने फाराममा विवरण भरेर आवेदन दिन सकिनेछ । https://shorturl.at/Ey4Jr 

    यो क्युआर कोड स्क्यान गरेर प्राप्त हुने फाराममा विवरण भरेर पनि आवेदन दिन सकिनेछ ।

    Screenshot_2025-01-15-06-31-51-33_be80aec1db9a2b53c9d399db0c602181.jpg

    images
    बुधवार, माघ २ २०८१०६:५३:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार