Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिभुवन विश्वविद्यालयमा स्नातक तहको भर्ना माघ ११ सम्म थप

त्रिभुवन विश्वविद्यालयमा स्नातक तहको भर्ना माघ ११ सम्म थप

  • 772
    SHARES

  • त्रिभुवन विश्वविद्यालयमा स्नातक तहको भर्ना माघ ११ सम्म थप

    माघ, २ गते/ काठमडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहकोे भर्ना समय माघ ११ गतेसम्मलाई दिएको छ । भर्नाको समय सकिएपनि कतिपय विद्यार्थी भर्ना नभएको तर कक्षामा आउने गरेकाले भर्नाको समय थप गरिएको हो ।

    केही समय अगाडी त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना अवधि सकिएपछि कुनै पनि विद्यार्थी भर्ना नलिन डीन कार्यालय र क्याम्पसहरुलाई निर्देशन दिएको थियाे । तर युवा विदेशिने क्रम बढिरहेका बेला त्रि. वि. को स्नातक भर्ना एक्कासि रोक्नुले आश्चर्यचकित तुल्याएको र देशभरीबाट विद्यार्थी तथा क्याम्पस प्रमुखहरुबाट भर्ना रोकिएकोमा गुनासो आइरहेको विभिन्न विद्यार्थी संगठन, स्ववियु तथा सरोकारवालाहरुले निश्चित समय अबधि तोकेर भर्ना प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । तत्पश्चात् सबै पक्षसँग छलफल गरेर ११ माघसम्मको समय दिइएको छ।

    ’ त्रिविका शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीका अनुसार समय थप गर्ने विषयमा रेक्टर कार्यालयले डीनहरूसँग छलफल गरेको र शैक्षिक क्यालेन्डर प्रभावितच नहुनेगरी भर्नाको समय थप गर्न सुझाव आएपछि समय थप गरिएको बताए । ‘शैक्षिक क्यालेन्डरमा फेरबदल हुँदैन । भर्नाको समय मात्र थप गरिएको हो,’ उनले भने ।

    आगामी १५ फागुनमा त्रिविमा स्ववियु चुनाव गर्ने तयारी छ । चुनावको लागि मात्र विद्यार्थी भर्ना हुने आशंकामा त्रिविले भर्ना बन्द गरेको थियो । तर विद्यार्थीहरूले निश्चित समय तोकेर मात्र भर्ना बन्द गर्नुपर्ने माग राखेका थिए । त्यसैले त्रिविले स्नातकको भर्नाको समय थप गरेको हो ।

    images
    बुधवार, माघ २ २०८१०५:४५:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार