आइतवार, माघ ६ २०८१
काठमाडौ। निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नागार्जुन कार्यमसितिले नवनिर्वाचित काठमाडौ जिल्ला कार्यसमितिलाई बधाई, शुभकामना तथा सम्मान गरेको छ। शनिवार काठमाडौको स्वयभूस्थित नागार्जुन नगरसमितिका अध्यक्ष बाशुदेव घिमिरेको सभापतित्वमा प्याब्सन काठमाडौको १६औं अधिवेशनबाट निर्वाचित अध्यक्ष नवराज भट्टको टिमलाई बधाई, शुभकामना तथा सम्मान कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष नवराज भट्टले सांस्थागत विद्यालयको हकहितका लागि लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो। हाम्रा बिद्यालयको हक हितको लागि लड्छौ भनेर आएका हौं। अध्यक्ष भट्टले भन्नुभयो, स्वयम्भूलाई साँची राखेर भन्छु प्याब्सनको सिर झुक्ने र आँच आउने कार्य गर्ने छैन। म ब्यक्ति र ग्रुपलाई बोक्ने छैन। चुनावको पाटो अब सकियो, हामी एउटै हौं। त्यसैले हामी ग्रुपमा लाग्नुहुदैन। त्यसले हाम्रो हित गर्दैन। निजि विद्यालय रहने वा नरहने त्यो चुनौती छ। बिधेयक आउदैछ्। सडकमै उत्रेर आन्दोलन गर्नुनै किन नपरोस हामी तयार छौ।'

अध्यक्ष भट्टले एक बर्षको क्यालेन्डर बनाएर काम गर्नुपर्ने बताउनुभयो। हामीलाई अरु कार्यक्रम भन्दापनी नगरसंग समन्वय गर्ने दायित्व छ। तपाइहरुको एक्लैले पुग्दैन भने जिल्लालाई बोलाउनुस्। हाम्रो संस्था जोगाउन हामी जुन अवस्थासम्म अनि पुग्नुपर्छ। शिक्षा ऐनमा हाम्रो कुरा समेट्नुपर्छ। यदि समेटिदैन भने एकजुट भएर लड्नुपर्छ, अध्यक्ष भट्टले भन्नुभयो।

कार्यक्रममा भट्टले नागार्जुन प्याब्सन हरेक काम कार्बाहिमा एक नम्बर रहेको भन्दै अध्यक्ष बाशुदेव घिमिरे सहित सम्पुर्ण टिमको मुक्तकण्ठले प्रसंसा गर्नुभयो। राम्रो काम गर्नेलाई धन्यवाद दिनु नेतृत्वको दायित्व हुने बताउनुभयो। त्यस्तै कार्यक्रममा पुर्व अध्यक्ष प्रेम कुमार राईले अघिको कार्यकाल संयमित ढंगले संचालन गर्को प्रती कृतज्ञ व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष सुदर्शन थापाले अघिल्लो कार्यकाल भन्दा अझ बढी गतिशील भएर काम गर्ने बताउनुभयो। उपाध्यक्ष थापाले बिद्यालय शिक्षा ऐन बारे सबैले छलफल गर्नुपर्ने बताउनुभयो। हाम्रो संस्था जोगाउनु हाम्रो दायित्व हो। थापाले भन्नुभयो, शिक्षामा लगानी गर्ने दायित्व राज्यको हो। तर राज्यले उल्टै हामी लगानी गर्नेमाथि डन्डा बर्साउदै छ। हाम्रो संस्थाहरु सकाउदै छ। त्यसको विरुद्ध हामी जुट्नुपर्ने छ। त्यसकोलागि प्रतिबद्धता जायर गर्दछु।'

कार्यक्रममा काठमाडौ महानगरका अध्यक्ष गगन सिंहले शुभकामना मन्तव्य दिनुभयो। अध्यक्ष सिंहले संस्थागत स्कुल राम्रो बनाउन मिहेनत गर्नुपर्ने बताउनुभयो। सिंहले भन्नुभयो, हाम्रो स्कुल बनाउन हामी स्कुलमा बस्नुपर्छ। हाम्रो स्कुल बलियो भयोभने हाम्रो संगठन बलियो हुन्छ। हामी बलियो हुन्छौं । हामी भोज भतेरमा मात्रै रमाउनु हुन्न।' शिक्षालाई राम्रो बनाउनेमा हामी कहि कतै चुक्न नहुने बताउनुभयो ।

अध्यक्ष सिंहले प्याब्सनको आफ्नै आफ्नो रेडक्रस हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहसँले भन्नुभयो, 'हामी उपचारमा निजामती सरह पाउनुपर्छ। यदि पाउदैन भने हामी आफै हस्पिटल बनाउनुपर्छ ।, इलाईब्रेरी आफै बनाउ। हरेक स्कुल सदस्य बनौ। क्लस्टरले खेलकुद आयोजना गर्छ। हामिले अलि फरक तरिकाले सोचौ। फरक काम गरौं।'
कार्यक्रमको अन्त्यमा नागार्जुन नगरपालिकाका अध्यक्ष बाशुवेब घिमिरेले काठमाडौ जिल्लाको १६ अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमितिलाई बधाई सहित कार्यकालको शुभकामना ब्यक्त गर्दै नगर अध्यक्षको हैसियतले आफ्नो कार्यभार उत्कृष्ट तरिकाले संचालन गर्ने प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो।

उक्त कार्यक्रममा नागार्जुन नगर प्याब्सनका उपाध्यक्ष डिबि ढकालले स्वागत मन्तव्य दिनुभयो भने कार्यक्रम संचालन सचिव प्रकासमान शाहीले गर्नुभयो।




