सोमवार, माघ ७ २०८१
माघ, ७/ काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकहरूको पेन्सन निवृत्तिभरण कोष कानुन बनेपछि मात्रै लागु हुने बताएकी छिन् । मन्त्री भट्टराईले फेसबूकमा एक पोस्ट गर्दै ऐन बने पछि मात्र लागु हुने सिद्धान्त अनुरुप नै यो दफा कार्यान्वयन हुने बताएकी हुन।
'निवृत्तभरण कोष ऐन, २०७५ मा "शिक्षक सेवा" सरकारले अध्यादेश मार्फत थप गरेकोमा आम शिक्षकहरुले स्पष्टता खोज्नु भएको छ । ऐन बने पछि मात्र लागु हुने सिद्धान्त अनुरुप नै यो दफा कार्यान्वयन हुने जानकारी गराउन चाहन्छु । २०८१ पुष २९ देखि मात्र शिक्षक सेवा निवृत्तभरण कोषमा समावेश भएको मानिनेछ भन्ने समेत स्पष्ट गर्न चाहन्छु ।' फेसबूकमा लेखेकी छन् ।

मन्त्री भट्टराईले सोमबार बसेको मन्त्रिपरिषद बैठकमा आफूले प्रधानमन्त्री र अर्थमन्त्रीसँग यही कुरा राखेको बताइएको छ।