सोमवार, माघ ७ २०८१
माघ, ७/काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ गते हुने भएको छ । फागुन १५ गतेका लागि तोकिएको निर्वाचन चैत ५ गतेका लागि सरेको हो ।
त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको बताउनुभयो। दुई वर्ष अगाडी समेत चैत ५ गते चुनाव भएकोमा यस पटक समेत चैत ५ गते गर्ने निर्णय गरिएको बताउनुभयो।