सोमवार, माघ ७ २०८१
माघ, ७/ काठमाडाैँ। पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शिक्षामा कुल बजेटकाे २० प्रतिशत विनियोजन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। गोरखा नगरपालिका -८ आहालेस्थित सरस्वती माध्यमिक विद्यालयको ५३औं स्थापना तथा अभिभावक दिवसको अवसरमा बोल्दै प्रचण्डले देश विकासको प्रमुख आधार शिक्षा भएकाले यस क्षेत्रमा कुल बजेटको २० प्रतिशत विनियोजन गर्नुपर्ने बताएका हुन्।

आफू प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरेका दाबी गर्दै अध्यक्ष प्रचण्डले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले पनि पार्टीको शिक्षा नीति थप प्रस्ट पारिएको बताउनुभयो । उहाँले विद्यालय शिक्षा विधेयक चाँडोभन्दा चाँडो पारित गर्न जोडबल लगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
देशको शिक्षा प्रणालीले त्यहाँको सभ्यताको निर्धारण गर्ने उल्लेख गर्दै प्रचण्डले सामुदायिक विद्यालयमा पर्याप्त विद्यार्थीसहित गुणस्तरीय शिक्षा प्रदान गर्नु महत्त्वपूर्ण पक्ष भएको बताउनुभयो।
यसैगरी शिक्षकले उठाएका महत्त्वपूर्ण एजेन्डा समेटेर विद्यालय शिक्षा विधेयक पारित हुने प्रचण्डले बताउनुभयो। साथै शिक्षकहरुले उठाएका महत्त्वपूर्ण एजेन्डा समेटेर विधेयक पारित गरिने बताउनुभयो ।