Jul 27 2026 | २०८३, श्रावण ११ गते

बिद्यालय सौचालय सरसफाइ सम्बन्धी मापदण्ड कार्यन्वयन गर्न निर्देशन

बिद्यालय सौचालय सरसफाइ सम्बन्धी मापदण्ड कार्यन्वयन गर्न निर्देशन

  • 684
    SHARES

  • बिद्यालय सौचालय सरसफाइ सम्बन्धी मापदण्ड कार्यन्वयन गर्न निर्देशन

    माघ, १२ गते काठमाडौं। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिद्यालय सौचालय सरसफाइ सम्बन्धी मापदण्ड कार्यन्वयन गर्न निर्देशन दिएको छ। माघ सरकारी विद्यालयहरूमा शौचालय सरसफाइ सम्बन्धी पब्लिक गुनासो आएपछि मापदण्ड कार्यान्वयन गराउन केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको हो।

    विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि, २०७५ को अनुसूची १ बमोजिम विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छताका मापदण्ड सम्बन्धी व्यवस्था भए बमोजिम आ–आफ्नो जिल्लाका विद्यालयहरूमा स्थानीय तह मार्फत मापदण्ड कार्यान्वयन गर्न÷गराउन निर्देशन दिएको छ ।

    “उपर्युक्त विषयमा सरकारी कार्यालय र सरकारी विद्यालयहरूमा शौचालय सरसफाइ सम्बन्धी पब्लिक गुनासो श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, हेलो सरकार र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार मार्फत आवश्यक कारबाहीको लागि यस केन्द्रमा प्राप्त भएको छ । सो सम्बन्धमा विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि, २०७५ को अनुसूची १ बमोजिम विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छताका मापदण्ड सम्बन्धी व्यवस्था भए बमोजिम आ–आफ्नो जिल्लाका विद्यालयहरूमा स्थानीय तह मार्फत मापदण्ड कार्यान्वयन गर्न÷गराउन सहजीकरण गर्नु हुन निर्णयानुसार अनुरोध छ” पत्रमा भनिएको छ ।

    FB_IMG_1737772472397.jpg

    images
    शनिवार, माघ १२ २०८१०८:२९:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार