Jul 27 2026 | २०८३, श्रावण ११ गते

विज्डम एकेडेमीले गर्यो बिज्ञान, कला तथा शिल्प प्रदर्शनी

विज्डम एकेडेमीले गर्यो बिज्ञान, कला तथा शिल्प प्रदर्शनी

  • 784
    SHARES

  • विज्डम एकेडेमीले गर्यो बिज्ञान, कला तथा शिल्प प्रदर्शनी

    माघ, १३ काठमाडौ। महानगरको कलंकिमा अवस्थित विज्डम एकेडेमीले 'बिज्ञान, कला तथा शिल्प प्रदर्शनी- (Science, Art & Craft Exhibition ) २०८१ गरेको छ। शनिवार विद्यालय प्राङ्गणमा आयोजना गरिएको प्रदर्शनीमा आधारभूत देखि कक्षा १० सम्मका विद्यार्थीहरुले तयार गरेका सिर्जनात्मक सामग्री प्रदर्शनीमा राखिएका थिए ।

    IMG_8193~2.JPG

    प्रदर्शनीमा अभिभावक, सामाजिक ब्याक्तित्वहरु संगै स्थानिय भद्र भलाद्मीहरुको बाक्लो उपस्थिति रहेको थियो। प्रदर्शनीमा विद्यार्थीले बनाएका विभिन्न प्रकारका कला र शिल्प, पेन्टिङ, प्रोजेक्ट वर्क पोर्टफोलियो, शैक्षिक सामाग्री र डकुमेन्ट्रीहरुको प्रदशनी गरेको थियो। साथै  स्थानीय सामग्रीको प्रयोगबाट तयार गरेका  रोबोर्ट, ड्रोन, टेलिस्कोप, हाइड्रोलिक डोजर, सोलर सिस्टम, रिफ्लेक्सन अफ लाइट, AI मा आधारिक प्रविधि तथा पर्यावरण संरक्षण, ऊर्जा स्रोतहरूको विकास लगायत विविध विज्ञानका विषयहरूमा आधारित परियोजनाहरू तयार पारेका थिए।

    IMG_8239.JPG

    प्रदर्शनिमा राखेका परियोजनाहरु बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष, बिद्यालय प्राचार्य , शिक्षक तथा अभिभावकहरुले अवलोकन गरेका थिए। भने प्रदर्शनीमा राखेका आफ्ना परियोजनाहरू बारे विद्यार्थीहरुले व्याख्या पनि गरेका थिए।

    IMG_8207.JPG

    विद्यार्थीले कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रुपमा सिक्न बिज्ञान तथा गणित प्रदर्शनी आयोजना गरिएको प्राचार्य शिव प्रसाद अधिकारीले बताउनुभयो।  विद्यार्थीले सृजना गरेका सामग्रीले पनि नयाँ नयाँ आविष्कार गर्न सक्छन् भन्ने प्रमाणित प्रदर्शनीले गरेको प्राचार्य अधिकारीको भनाई थियो ।

    IMG_8223.JPG

    बिज्ञान, कला तथा शिल्प प्रदर्शनीबाट अभिभावकहरुले आफ्नो बालाबालिकाहरुले बिद्यालयमा गर्ने पढाई संगसंगै गर्ने अन्य रचनात्मक क्रियाकलापहरु अवलोकन गर्दछन र आफ्नो छोराछोरीहरुको सिर्जना देखेर खुशी हुने गर्दछन।

    IMG_8190.JPG

    यस्ता प्रर्दशनीले उनिहरुको अन्तरनिहित क्षमताको पहिचान गर्ने मौका पाउने भएकोले अभिभावकहरुलाई समेत बोलाएर बृहत् रुपमा प्रदर्शनीको अवलोकन गर्ने गरेको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीले बताउनुभयो। साथै बिज्ञान, कला तथा शिल्प प्रदर्शनी विद्यार्थीहरुको लागि Exposure को राम्रो माध्यम बन्ने बिश्वास ब्यक्तगर्नुभयो।

    IMG_8272.JPG

    शिक्षण सिकाइमा नयाँ प्रविधिसँग प्रत्यक्ष साक्षात्कार गराई बालबालिकामा अन्तर्निहित सिर्जनशीलता जागृत गराउँदै भविष्यमा राष्ट्रका लागि आवश्यक जनशक्ति उत्पादन गराउनु प्रदर्शनीको उदेश्य रहेको छ। प्रदर्शनीमा अभिभावकहरुको उल्लेख्य सहभागी गरेको थियो। उनिहरुले आफ्नो छोराछोरीले बनाएको विभिन्न शैक्षिक सामाग्री हेरेर दंग परेका थिए।

    IMG_8234.JPGIMG_8220.JPGIMG_8258.JPG

    images
    आइतवार, माघ १३ २०८१०८:१३:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार