Oct 03 2026 | २०८३, आश्विन १७ गते

फिजम अन्तर-विद्यालय लोक नृत्य तथा फूटबल प्रतियोगिता हुने

फिजम अन्तर-विद्यालय लोक नृत्य तथा फूटबल प्रतियोगिता हुने

  • 431
    SHARES

  • फिजम अन्तर-विद्यालय लोक नृत्य तथा फूटबल प्रतियोगिता हुने

    माघ, १५ गते/काठमाडाैँ। संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) ले अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता तथा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सोमबार भक्तपुरको मध्यपुर युथ एसोसिएसनमा भएको पत्रकार सम्मेलन आयोजना गर्दै माघ १६ गते अन्तरविद्यालय नृत्य प्रतियोगिता तथा १८ गते अन्तर विद्यालय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो।

    पत्रकार सम्मेलनमा बोल्दै फिजमका सचिव सुनिल केसीले हरेक वर्ष जस्तै यस वर्ष पनि  विद्यार्थीहरूको प्रतिभा उजागर गर्न आयोजना गर्ने विभिन्न कार्यक्रमहरू मध्ये १२औं अन्तर विद्यालय फुटबल प्रतियोगिता – २०८१ र ११औं संस्मरण, अन्तर विद्यालय नृत्य प्रतियोगिता आयोजना गर्ने बारे जानकारी गराउनुभयो ।

    अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता भक्तपुरको बोडेस्थित कृषि बिकास बैंकको केन्द्रिय तालिम प्रतिष्ठान हुनेछ । जसमा उपत्यकाका १९ विद्यालयको सहभागिता रहनेछ । त्यसैगरी अन्तर विद्यालय फूटबल प्रतियोगिता भक्तपुरको मध्यपुर युथ एसोसिएसन, मध्यपुर ठिमीमा हुनेछन। खेलहरु नकआउट चरणमा खेलाइने सचिव केसिले बताउनुभयो । प्रतियोगितामा उपत्यकाका १६ विद्यालयको सहभागिता रहनेछ । प्रतियोगिता माघ २७ गते समापन हुने छ। प्रतियोगितामा बिजेता टिनले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।खेलमा सहभागी हुन ५ हजार शुल्क तोकिएको छ।

    विद्यालयहरूबिच सद्भाव कायम गर्ने तथा विद्यार्थीहरूलाई खेलका माध्यमबाट प्रतिभा उजागर गर्ने उद्देश्यले हरेक वर्ष फिजमले आफ्ना सदस्य विद्यालयहरूबिच यस किसिमका विविध प्रतियोगिता गर्ने गरेकाले फिजमका अध्यक्ष अमृत कुमार खड्काले बताउनुभयो ।

    images
    मंगलवार, माघ १५ २०८१०८:०९:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार