Jul 27 2026 | २०८३, श्रावण ११ गते

पाठ्यपुस्तक/पाठ्यसामग्री मूल्य मापदण्डमा एकरूपता नभएको पाइएमा कारबाही हुने

पाठ्यपुस्तक/पाठ्यसामग्री मूल्य मापदण्डमा एकरूपता नभएको पाइएमा कारबाही हुने

  • 474
    SHARES

  • पाठ्यपुस्तक/पाठ्यसामग्री मूल्य मापदण्डमा एकरूपता नभएको पाइएमा कारबाही हुने

    माघ, १६ गते काठमाडौ। पाठ्यक्रम बिकास केन्द्रले आगामी शैक्षिक सत्र २०८२ मा अनुगमनका क्रममा कानूनी व्यवस्थाको बर्खिलाप हुने गरी पाठ्यपुस्तक/पाठ्यसामग्री (डिजिटल सिकाइ सामग्री समेत) को मूल्य मापदण्डमा एकरूपता नभएको पाइएमा कारबाही हुने बताएको छ।

    केन्द्रले प्रारम्भिक बालविकास कक्षा देखि १२ कक्षासम्म नेपाल सरकारले तोकेको मूल्य मापदण्डमा एकरूपता कायम भई स्वीकृति प्राप्त गरेका पाठ्यसामग्रीहरू प्रयोग गर्न र नगरिएको खण्डमा कार्वाही चेतावनी दिएको हो।

    शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा ८ तथा शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम ६ मा विद्यालयले नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक/थप पाठ्य सामग्री (डिजिटल सिकाइ सामग्री समेत) लागू गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।

    केन्द्रबाट शैक्षिक सत्र २०८२ का लागि पाठ्यपुस्तक छपाइ र थप पाठ्यसामग्री प्रयोगका निम्ति अनुमति/स्वीकृति सम्बन्धी कार्य भइरहेको सन्दर्भमा कानुनी व्यवस्थाको प्रतिकूल हुने गरी मूल्य मापदण्डमा एकरूपता नभएका पाठ्यसामग्रीहरू प्रयोग नगर्न/नगराउनका लागि सरोकारवालाहरूबाट प्राप्त भएका सुझाव प्रति यस केन्द्रको गम्भीर ध्यानाकर्षण भएकोले सबै प्रकारका विद्यालयहरूका प्रारम्भिक बालविकास र शिक्षादेखि कक्षा १२ सम्म नेपाल सरकारले तोकेको मूल्य मापदण्डमा एकरूपता कायम भई यस केन्द्र र स्थानीय तहबाट (स्थानीय पाठ्यक्रम अनुसार तयार भई विकशित) स्वीकृति प्राप्त गरेका पाठ्यसामग्रीहरू मात्र प्रयोग गर्न अनुरोध गरेको छ।

    साथै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइहरू यस विषयमा समयमै सजग भई कानुनी व्यवस्थाको कार्यान्वयन गर्ने/गराउने सम्बन्धमा आवश्यक सहयोग तथा समन्वयका लागि अनुरोध छ।

    Screenshot_2025-01-29-07-45-46-24_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    images
    बुधवार, माघ १६ २०८१०७:५८:४४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार