Oct 03 2026 | २०८३, आश्विन १७ गते

लिटलबुद्ध एकेडेमीको २७ औं अभिभावक दिवस सम्पन्न

लिटलबुद्ध एकेडेमीको २७ औं अभिभावक दिवस सम्पन्न

  • 661
    SHARES

  • लिटलबुद्ध एकेडेमीको २७ औं अभिभावक दिवस सम्पन्न

    माघ, १९ गते। काठमाडौ महानगरपालिका १५ स्वयम्भू - बिजेश्वरीस्थित लिटल बुद्धज एकेडेमीले २७ औं अभिभावक दिवस भब्यताकासाथ सम्पन्न गरेको छ। शुक्रवार एक भव्य कार्यक्रमका बिच अभिभावक दिवस भब्य रुपमा सम्पन्न गरेको हो।

    IMG_9182.JPG

    अभिभावक दिवस कार्यक्रम नेशनल प्याब्सन बागमती प्रदेश समितिका अध्यक्ष समेत रहनु भएका संस्थापक प्राचार्य  नारायण कर्म कार्कीको सभापतित्वमा बिशिस्ट अतिथि द्वय नेशनल प्याब्सन केन्द्रका  उपाध्यक्ष तथा ऐजन डल्लु चागलमा संचालित दिव्य ज्ञान स्कुलका प्राचार्य डम्बर कार्की र प्रसिद्ध शिक्षण तालीमका प्रस्तोता डा. उत्तम दाहाल तथा विशेष अतिथिमा नेशनल प्याब्सन बागमती प्रदेश समितिका सह-कोषाध्यक्ष समेत रहनु भएका बसुन्धार स्थित माउन्ट ग्लोरी स्कुलका प्राचार्य गणेश श्रेष्ठ उपस्थित रहनु भएको थियो।

    IMG_9304.JPG

    अभिभावकहरुको बाक्लो उपस्थितिमा फ्रान्सेली, चिनियाँ ,बर्मेली  अभिभावकहरुको उपस्थितिले पनि  छुट्टै माहोल बनेको उक्त अभिभावक दिवसमा विद्यार्थीहरुले तहगत रूपमा नेपालको भिन्नभिन्न पहिचानलाई उजागर गर्दै सांस्कृतिक कार्यक्रमका रोमान्चित प्रस्तुतिहरु प्रस्तुत गरेका थिए।  

    IMG_9249~2.JPGIMG_9359.JPG

    कार्यक्रममा बिशिस्ट अतिथि डम्बर कार्कीले आफ्नो सारगर्भित मन्तव्य प्रस्तुत गर्नु भएको थियो । लिटलबुद्ध एकेडेमी बिजेश्वरी- स्वयम्भू क्षेत्रकै उत्कृष्ट बिद्यालय भएकोले अभिभावकहरुले बिश्वास गरेको बताउनुभयो।

    IMG_9299.JPG

    अभिभावक दिवसमा अभिभावक, शिक्षक तथा  कर्मचारीहरु सम्मानित हुनु भएको उक्त कार्यक्रममा शैक्षिक तथा अतिरिक्त गतिविधिमा  उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीहरु तथा राष्ट्रिय सेवादल ( NCC) बाट उतिर्ण भइ दिक्षित  हुनुभएका १४ बर्ष माथिका ३६ जवान छात्र - छात्राहरू  सम्मानित तथा पुरस्कृत हुनुभयो।

    IMG_9496.JPGIMG_9457.JPG

    कार्यक्रम बिहान ११.०० बजेबाट बेलुका ४.०० बजेसम्म  सन्चालन भएको थियो । अभिभावक दिवस तथा आसन्न   माघ  २१ गते  श्रीपन्चमी/ सरस्वती पूजा लक्षित पूर्व प्राथमिक तह नि: शुल्क भर्ना आवह्वान पूर्णरूपमा सफलीभुत भइ कक्षा प्ले-ग्रुप , नर्सरी देखि कक्षा ५ सम्म दर्जनौं बालबालिकाहरु भर्ना हुनुभएको छ।

    IMG_9503.JPG

     

    अभिभावक दिवस समारोह संचालन CDE (पाठ्यक्रम बिकास अधिकारी) चिज कुमार गुरुङले गर्नुभयो।

    IMG_9189.JPGIMG_9214.JPGIMG_9268.JPGIMG_9281.JPGIMG_9523.JPGIMG_9422.JPGIMG_9613.JPGIMG_9623.JPGIMG_9528.JPG

    images
    शनिवार, माघ १९ २०८१०६:४२:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार