Oct 03 2026 | २०८३, आश्विन १७ गते

काठमाडौ बर्नहार्ट सेकेन्डरी स्कुलको अभिभावक दिवस सम्पन्न

काठमाडौ बर्नहार्ट सेकेन्डरी स्कुलको अभिभावक दिवस सम्पन्न

  • 620
    SHARES

  • काठमाडौ बर्नहार्ट सेकेन्डरी स्कुलको अभिभावक दिवस सम्पन्न

    माघ, २०। काठमाडौ महानगरपालिका १४ बल्खुस्थित काठमाडौ बर्नहार्ट सेकेन्डरी स्कुलको वार्षिक अभिभावक दिवस (Annual Parents' Day) सम्पन्न भएको छ। शनिवार विद्यार्थीहरुको बिशेष प्रस्तुति सहित एक भव्य कार्यक्रमका बिच वार्षिक अभिभावक दिवस सम्पन्न गरेको हो।

    IMG_9854~2.JPG

    काठमाडौ बर्नहार्टका अध्यक्ष भुपेश छत्कुलिको सभापतित्व तथा काठमाडौ बर्नहार्टका कार्यकारी निर्देशक नवराज अधिकारी, शैक्षिक निर्देशक पुरुषोत्तम बिष्ट, प्रिन्सिपल अमृत बाबू भट्ट, प्रशासन प्रमुख राम थापा, विद्यालय कोर्डिनेटर मनोज बिष्ट, रामकृष्ण पराजुली लगाएत शिक्षक कर्मचारी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो।

    IMG_9836~2.JPG

    बर्नहार्टका कार्यकारी निर्देशक नवराज अधिकारीले पानसमा दिप बालेर अभिभावक दिवसको उद्घाटन गर्नुभयो। साथै विद्यार्थीहरुले शान्ती वाचन गरेर कार्यक्रम शुरूवात गरेका थिए।

    IMG_9902.JPG

    कार्यक्रममा काठमाडौ बर्नहार्ट स्कुल/ कलेजका प्रिन्सिपल अमृत बाबू भट्टले बालबालिकाहरुको उमेर, रुचि, चाहना, क्षमता, पृष्ठभूमि आदि सम्पूर्ण पक्षहरुलाई ध्यानमा राखि सिक्ने सिकाउने वातावरण तयार गरेको बताउनुभयो।

    IMG_9829.JPG

    उहाँले बालबालिकाको सर्बाङ्गिण बिकासमा बिशेष ध्यान दिएको भन्दै बालबालिकाको ब्याक्तित्व बिकासको लागि बालकेन्द्रित शिक्षण सिकाई, बालमैत्री भौतिक संरचना, (कक्षाकोठा, बेन्च,) र त्यो अनुरुप शिक्षकहरुको ब्यबस्थापन गरेको बताउनुभयो।

    IMG_9753~3.JPG

    बालबालिकाहरु हिजो भन्दा बढी एडभान्स छन् प्राचार्य भट्टले भन्नुभयो 'स्कुल मात्रै भनेर हुदैन बच्चाहरूलाई अभिभावकहरुले समय दिन र उनिहरुको गतिविधि नियाल्न समेत नियाल्नुपर्छ। साथै विद्यालयले खेल्दै सिक्ने वातावरण निर्माण गर्न लागेको बताउनुभयो । त्यसको लागि प्ले नेपालको सपोर्टमा खेल्दै सिक्दै शिक्षण बिधि प्रयोग गरेका छौ। प्राचार्य भट्टले भन्नुभयो।

    IMG_9832.JPG

    कार्यक्रममा बालबालिकाहरुले विभिन्न नृत्य, गायन, प्रहसनहरुको प्रस्तुति दिएका थिए। आफ्नो बालबालिकाहरुको सांस्कृतिक नृत्य गायनहरु प्रत्यक्ष हेर्न र सुन्न पाउँदा अभिभावकहरु ज्यादैनै खुसी खेखिन्थे।

    IMG_9851.JPG

    अभिभावक भेलाको समापन समारोहमा बोल्दै कार्यक्रमका सभापति तथा बर्नहार्टका अध्यक्ष भुपेस छत्कुलिले शिक्षा संगसंगै सीप र संस्कार सिकाउन जोड दिएको बताउनुभयो। उहाँले शैक्षिक गुणस्तरमा काठमाडौ बर्नहार्टको आफ्नै स्थान रहेको भन्दै गुणस्तरमा कुनैपनी किसिमको सम्झौता नगर्ने प्रष्ट पार्नुभयो।

    FB_IMG_1738486029981.jpg

    नर्सरी देखि विश्वविद्यालय तहसम्म अध्ययन अध्यापन हुने नेपालको उत्कृष्ट १० शैक्षिक संस्थाभित्र पर्ने काठमाडौ बर्नहार्ट स्कुल/कलेजमा तीन हजार भन्दा बढी विद्यार्थी पठनपाठन गर्दछन। विश्वविद्यालय तहमा भने आइटी क्षेत्रमा बर्नहार्ट कलेजले बिशेष स्थान बनाएको छ।

    IMG_9885.JPG

    कतिपय बिद्यालयहरुले बिशुद्ध नाफा मात्रै कमाउन भड्किलो भौतिक संरचना देखाउने, स्विमिङ पुल समेत बनाएको देखाएर महंगो शुल्क अशुल्ने देखि अभिभावकहरु सतर्क रहनुपर्ने देखिन्छ। त्यस मामुलामा काठमाडौ बर्नहार्ट नमुनाको रुपमा रहेको छ। आफ्नै सुविधासम्पन्न भौतिक संरचनामा बालबालिकाकेन्द्रित, र सिपमुलक शिक्षण सिकाई क्रियाकलाप तथा नैतिक शिक्षामा यस विद्यालयले जोड दिइरहेको छ।

    IMG_9859.JPG

    साथै आउदै गरेको सरस्वती पुजाको अवसर पारेर विद्यालयले विद्यार्थी भर्नामा विभिन्न सहुलियतको अवसर प्रदान गरेको छ।

    FB_IMG_1738485866153.jpgFB_IMG_1738485932432.jpgFB_IMG_1738485896916.jpg

    IMG_9770.JPGIMG_9800.JPGIMG_9757.JPGIMG_9841.JPGFB_IMG_1738466303131.jpg

    images
    आइतवार, माघ २० २०८१०८:२७:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार