Jul 27 2026 | २०८३, श्रावण ११ गते

बिश्व निकेतन माविले मनायो ७९ औं वार्षिकोत्सब ।

बिश्व निकेतन माविले मनायो ७९ औं वार्षिकोत्सब ।

  • 797
    SHARES

  • बिश्व निकेतन माविले मनायो ७९ औं वार्षिकोत्सब ।

    माघ, २० गते काठमाडौ। नेपालकै अग्रणी सामुदायिक विद्यालय बिश्व निकेतन माद्यामिक विद्यालयले स्थापनाको ७९ औं वार्षिकोत्सब मनाएको छ। काठमाडौको त्रिपुरेश्वरस्थित नेपालकै उदाहरणीय र शैक्षिक गुणस्तरमा अब्बल मध्यकै एक यस सामुदायिक विद्यालयले  औं वार्षिकोत्सब भब्यरुपमा मनाएको हो।

    FB_IMG_1738412587867.jpg

    बि.सं. २००३ साल माघ १९ गतेका दिन स्वर्गीय नरमान श्रेष्ठले न्युरोडको एङ्गालस्थित आफ्नै दलानबाट सुरु भएको यस विद्यालयको इतिहास तत् समयमा स्वर्गीय नरमान श्रेष्ठले सुरुमा ६ जना विद्यार्थी पढाउदै सुरु गर्नुभएको थियो। तत्कालीन जुद्ध शमशेरबाट ४ सहीदको हत्या गरेपछि पापमोचनका लागि स्थापना गरेको त्रिपुरेस्वरस्थित सत्तलमा विक्रम सम्वत २००९ सालमा गणेशमान सिंह श्रेष्ठ उद्योगमन्त्री भएपछि स्थानान्तरण भएको विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेल बताउनुहुन्छ।

    FB_IMG_1738412558593.jpg

    ७९औं अभिभावक दिवस समारोहमा प्रमुख अतिथिको रुपमा माननीय उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह रहनुभयो। भने काठमाडौभरिबाट विद्यालय प्राचार्य, शिक्षक, बिज्ञ् तथा भद्र भलाद्मीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो।

    वार्षिकोत्सबका अवसरमा बोल्दै उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विश्व निकेतन माविले गुणस्तरीय शिक्षा प्रदान गरेकाे भन्दै प्रशंसा गर्नुभयाे । साथै विश्वनिकेतन माध्यमिक विद्यालय सामुदायिक विद्यालयहरूको लागि प्रेरणादायी र नमुना बनेको धारणा ब्यक्त गर्नुभयो।

    FB_IMG_1738412549908.jpg

    अनुशासन, शैक्षिक उत्कृष्टता, आधुनिक शिक्षण प्रविधि, तथा समावेशी शिक्षामा विश्व निकेतनको योगदान अतुलनीय छ। यस विद्यालयका विद्यार्थीहरू प्रतियोगितात्मक शिक्षामा अब्बल, जीवनोपयोगी सीपमा सशक्त, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउन सफल छन्।

    Screenshot_2025-02-02-12-07-42-32_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    नेपालको शैक्षिक इतिहासको ठूलो विरासत र योगादनको पर्याय बनेको यस विद्यालयले शैक्षिक सत्र २०७४ र २०७५ मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रदान गरिने ‘राष्ट्रिय शिक्षा पुरस्कार’ हात पार्न सफल भएको थियो । त्यस यताका दिनमा यस विद्यालयको शैक्षिक प्रगति निरन्तर उकालो लागिरहेको छ। कुशल व्यवस्थापककै कारण यस विद्यालयलाई पछाडि फर्कनु परेको छैन ।

    FB_IMG_1738412580331.jpg

    शैक्षिक उनयनमा देशकै अब्बल बनेको यस विद्यालयप्रतिको अभिभावक र विद्यार्थीको आकर्षण थामिनसक्नु छ। । इतिहासको लामो कालखण्ड पार गरेको यस विद्यालयमा अध्ययनका लागि निकै आकर्षक गन्तव्य बनेको छ। शैक्षिक वातावरण निकै राम्रो भएकाले आफ्ना सन्ततीलाई यसै विद्यालयमा अध्ययन गराउन अभिवभावकहरुको आकर्षण बढेको पनि प्रधानाध्यापक कडेलले बताउनुभयो।

    FB_IMG_1738477138635.jpg

    हाल यस विद्यालयमा करिब चार हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन्, भने एक सय ६० शिक्षक तथा कर्मचारीले विद्यालयमा सेवा दिइरहेका छन्। विज्ञानदेखि व्यवस्थापन संकायको अध्ययन हुने यस विद्यालय यतिबेला देशकै पहिलो नम्बरको गुणस्तरीय सरकारी विद्यालयको रुपमा स्थापित छ।

    FB_IMG_1738477394339.jpgFB_IMG_1738477398768.jpgFB_IMG_1738477401216.jpg

    FB_IMG_1738477251373.jpgFB_IMG_1738477281271.jpg

    images
    आइतवार, माघ २० २०८१११:५९:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार