Oct 02 2026 | २०८३, आश्विन १६ गते

शिक्षक आन्दोलन : विद्यालय शिक्षा ऐन जारी गर्न सामाजिक सञ्जालबाट दबाब

शिक्षक आन्दोलन : विद्यालय शिक्षा ऐन जारी गर्न सामाजिक सञ्जालबाट दबाब

  • 541
    SHARES

  • शिक्षक आन्दोलन : विद्यालय शिक्षा ऐन जारी गर्न सामाजिक सञ्जालबाट दबाब

    माघ, २० काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न सामाजिक सञ्जालबाट दबाबस्वरुप आन्दोलन सुरु गरेको छ । आन्दोलन अन्तर्गत आइतबार शिक्षकहरूले सामाजिक सञ्जाल फेसबुकमा हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस् भनेर अभियान चलाएका हुन्।

    यसअघि १६ र १७ गते काठमाडौँमा बसेको महासंघको बैठकले आन्दोलन घोषणा गरेको थियो।

    चरणबद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत आजबाट सबै शिक्षक तथा कर्मचारीले फेसबुकवालमा आयतकार रातो स्टिकर प्रयोग गरी ‘२०८१ को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ लेखेका छन्।

    आन्दोलनअन्तर्गत माघ २५ गते दिउँसो १ बजे सबै पालिकामा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने र३० माघमा पालिका कार्यालयमा कालो पट्टी बाँधेर खबरदारी जुलुस प्रदर्शन गर्ने लगायतका आन्दोलनको घोषणा महासंघले गरेको छ ।

    https://bidharthi.com/content/3499

     

    images
    आइतवार, माघ २० २०८१०३:२५:०१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार