Oct 08 2026 | २०८३, आश्विन २२ गते

अनुमति लिएको स्थानभन्दा बाहिर पनि शाखा खोल्ने कन्सल्टेन्सीलाई कार्वाही हुने

अनुमति लिएको स्थानभन्दा बाहिर पनि शाखा खोल्ने कन्सल्टेन्सीलाई कार्वाही हुने

  • 545
    SHARES

  • अनुमति लिएको स्थानभन्दा बाहिर पनि शाखा खोल्ने  कन्सल्टेन्सीलाई कार्वाही हुने

    माघ, २१, काट। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कन्सल्टेन्सीहरूलाई सेवा सञ्चालन गर्न अनुमति लिएको स्थानभन्दा बाहिर शाखा नखोल्न निर्देशन दिएको छ । मन्त्राललले अनुमति लिएको स्थानभन्दा बाहिर पनि शाखा खोल्ने कन्सल्टेन्सीलाई कार्वाही हुने भएको हो ।

    ‘मन्त्रालयवाट सञ्चालन अनुमति दिएको स्थानभन्दा बाहिर सेवा प्रदान गरिरहेको, अनुमति प्राप्त नभएको स्थानमा शाखा सञ्चालन समेत गरेको जानकारी यस मन्त्रालयलाई प्राप्त भएको हुँदा अनुमति पाएको विषय, क्षेत्र र स्थानबाहेक अन्य क्षेत्र वा विषय वा स्थानमा शाखा खोली सेवा प्रदान नगर्न शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका-२०७३ को दफा १४ बमोजिम निर्देशित गरिएको छ,’ मन्त्रालयले भनेको छ ।

    अधिकार क्षेत्र बाहिर गएर शाखा खोलेमा स्वीकृति रद्द गर्ने चेतावनी मन्त्रालयले दिएको छ ।

    ‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका-२०७३ ले दिएको अधिकार क्षेत्र बाहिर गएर यस्ता कार्य सम्पादन गरेमा सोही निर्देशिकाको दफा ६ बमोजिम संस्थाको स्वीकृति रद्द हुन सक्ने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ मन्त्रालयले भनेको छ ।

    FB_IMG_1738577784670.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार