मंगलवार, माघ २२ २०८१
माघ, २२ गते/ काठमाडौ। नागार्जुन नगरपालिका, ८ भिमढुङ्गास्थित श्री नवीन ज्योति स्कुलद्वारा आयोजित एकल तथा अन्तर-सदनात्मक नृत्य प्रतियोगिता सम्पन्न भएको छ। यस वर्षको सरस्वती पूजाको अवसरमा विद्यालयमा आयोजित एकल तथा अन्तर-सदनात्मक नृत्य प्रतियोगिता सम्पन्न भएको हो।

सरस्वती पुजाको अवसरमा आयोजित धार्मिक र सांस्कृतिक कार्यक्रममा शिक्षक, विद्यार्थी, र अभिभावकहरूले विद्याकी देवी सरस्वतीको पूजा गर्दै ज्ञान र शिक्षा प्राप्तिका लागि आशीर्वाद लिएका थिए ।

सरस्वती पुजाको विशेष आकर्षण भने नयाँ भर्ना भएका बालबालिकाहरूको अक्षरारम्भ कार्यक्रम थियो, जसमा विद्यार्थीहरूले आफ्नो शैक्षिक यात्रा आरम्भ गरेका छन्। यसले विद्यार्थीहरूमा शिक्षा र संस्कृतिको महत्त्वको बारेमा सकारात्मक सन्देश पुर्याउने कार्य गरेको छ।

विद्यालयका प्रधानाध्यापक सुरेश महतोको अध्यक्षतामा सम्पन्न भयो भने विद्यालय सह प्राधानाध्यापक सुवास पुरी, स्कुल कोर्डिनेटर राजेश खनाल लगाएत शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो। प्रतियोगितामा टीका सिन्जाली मगर र इशान श्रेष्ठ नृत्य निर्णायकको रुपमा रहनुभएको थियो।

सरस्वती पूजाको अवसर पारी विद्यालयले विद्यालयले एकल तथा अन्तर-सदनात्मक नृत्य प्रतियोगिता आयोजना गरेको थियो।

कक्षा १ देखि ५ सम्मका भाइबहिनीहरुको एकल नृत्य प्रतियोगितामा प्रथम रोजा खनाल (कक्षा : ४), द्वित्तीय रिस्ता भुजेल (कक्षा: ५) तृत्तीय आरोही पुरी (कक्षा: ३) र चौथो दृष्टी भट्टराई (कक्षा: ३) भएकी छिन्। त्यस्तै कक्षा ६ देखि ७ सम्मका भाइबहिनीहरूको एकल नृत्य प्रतियोगितामा प्रथम सिजुका छन्त्याल (कक्षा: ८), द्वित्तीय श्रेज्ञा गौतम (कक्षा: ६), तृत्तीय रश्मी भुजेल (कक्षा: ६) र चौथो रसु गिरी (कक्षा: ६) भएकी छिन।

त्यसैगरी सिनियर लेभलको अन्तर- सदनात्मक नृत्य प्रतियोगिता प्रथम रातो सदनका विद्यार्थी भाइबहिनीहरु द्वित्तीय हरियो सदन र तृत्तीय पहेंलो सदनका बहिनीहरु भएका थिए। एकल तथा अन्तर - सदनात्मक नृत्य प्रतियोगिताको पुरस्कार वितरण भने आगामी बार्षिक उत्सव कार्यक्रममा वितरण गर्ने प्राचार्य सुरेश महतोले बताउनुभयो।

