Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपालका पाँच प्रतिष्ठित विश्वविद्यालयबिच शैक्षिक र अनुसन्धान सहकार्यका लागि सम्झौता

नेपालका पाँच प्रतिष्ठित विश्वविद्यालयबिच शैक्षिक र अनुसन्धान सहकार्यका लागि सम्झौता

  • 796
    SHARES

  • नेपालका पाँच प्रतिष्ठित विश्वविद्यालयबिच शैक्षिक र अनुसन्धान सहकार्यका लागि सम्झौता

    माघ, २६/ काठमाडौँ । नेपालका प्रतिष्ठित पाँचवटा विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई प्रवर्द्धन गर्न आपसी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । पाँच प्रतिष्ठित विश्वविद्यालय—सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, र लुम्बिनी प्राविधिक विश्वविद्यालय—बीच शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई प्रवर्द्धन गर्न आपसी समझदारी पत्र (MOU)मा हस्ताक्षर भएको हो।

    यो सम्झौताले नेपालको उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने र विश्वविद्यालयहरूबीच नवप्रवर्तन र ज्ञान साझेदारीलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। पाँच वर्षका लागि प्रभावकारी रहेको यो सम्झौताले स्वतः नवीकरण हुने प्रावधान पनि समेटेको छ।

    सम्झौता अनुसार विश्वविद्यालयहरू पोस्ट ग्रेजुएट तहका अनुसन्धान परियोजनाहरू, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको आदानप्रदान कार्यक्रम र संयुक्त शैक्षिक कार्यक्रमहरूको विकासमा सहकार्य गर्नेछन् । साथै, संयुक्तरूपमा सेमिनार, सम्मेलन र अनुसन्धान परियोजनाहरू आयोजना गर्नुका साथै शैक्षिक स्रोत र प्रकाशनहरू आदानप्रदान गर्नेछन् ।

    सम्झौता पत्रमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्त, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतम, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा.डा. शिलु मानन्धर, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा. बिजु कुमार थपलिया र लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद प्रसाद ढकालगरी पाँचै विश्वविद्यालयका उपकुलपतिले हस्ताक्षर गरेका छन् ।

    सुरुवाती सम्झौता अवधि पाँच वर्षको रहेको छ भने प्रत्येक पाँच वर्षमा स्वतः नवीकरण हुने प्रावधान राखिएको छ । यदि कुनै विश्वविद्यालयले सम्झौताबाट बाहिरिन चाहेमा कम्तीमा छ महिनाअघि सूचना दिनुपर्नेछ ।

    विश्वविद्यालय पदाधिकारीका अनुसार, यस साझेदारीले नेपालमा शैक्षिक तथा अनुसन्धानको क्षेत्रमा नयाँ आयाम थप्नेछ । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहकार्यलाई प्रवर्द्धन गर्नेछ भने विद्यार्थी तथा शिक्षकहरूका लागि सिकाइ र नवीनताको अवसर बढाउने अपेक्षा गरिएको छ । सम्झौता सुदूरपश्चिम विश्वविद्यालयमा सञ्चालित अन्तर्राष्ट्रिय सम्मेलनमा भएको हो ।

    सम्झौताका मुख्य बुँदाहरू : 

    • संयुक्त अनुसन्धान परियोजनाहरू ।

    • विद्यार्थी र शिक्षक आदानप्रदान कार्यक्रम ।

    • अन्तरविषयात्मक शैक्षिक कार्यक्रमको विकास ।

    • सेमिनार, सम्मेलन तथा शैक्षिक स्रोतहरूको आदानप्रदान ।

     

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार