सोमवार, माघ २८ २०८१
माघ, २८ गते/ काठमाडौ। निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बागमती प्रदेशको अध्यक्ष मुरारी प्रकाश सञ्जेल र सचीवमा जिवनराज पन्थी बिजयी भएका छन। आइतवार च्यासलस्थित एक प्यालेसमा भएको बागमती प्रदेशको चौथो अधिवेशनबाट सञ्जेल र पन्थी बिजयी भएका हुन्।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष सानुराजा कार्की, उपाध्यक्षामा इन्दिरा पन्त कार्की, बिनोदमान श्रेष्ठ कोषाध्यक्ष रामचन्द्र अर्याल, सहसचिव ओम प्रकाश उप्रेती, सह-कोषाध्यक्षमा बालहरी देवकोटा, लगाएत पाँच जना सदस्य बिजयी भएका छन्।
साथै प्रदेश सदस्यमा, अनिल पराजुली, जीत बहादुर बस्नेत, खेमराज घिमिरे र राजेन्द्र प्रसाद फुँयाल र सुनिल श्रेष्ठ बिजयी भएका छन्।
बिजयी मध्य उपाध्यक्ष, सहसचिव, कोषाध्यक्ष र सह-कोषाध्यक्ष निर्विरोध निर्वाचित भएका हुन भने अन्य पदहरुमा निर्वाचन भएको थियो।
