सोमवार, माघ २८ २०८१
माघ, २८ काठमाडौ। लिटिल क्लाइम्बर्स ईङ्लिस सेकेण्डरी स्कूलको १८औं बार्षिकोत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक कार्यक्रम सहिर सम्पन्न भएको छ। शनिवार एक भब्य कार्यक्रमका बीच प्रिन्सिपल दिलिप रेग्मिको सभापतितब तथा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) माधव प्रसाद उपाध्यायको प्रमुख अतिथ्यतामा सम्पन्न भयो।

वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा विभिन्न समयमा अतिरिक्त क्रियाकलापमा विजेता विद्यार्थीहरुलाई मेडल तथा प्रमाण समेत वितरण गरिएको थियो। भने उक्त कार्यक्रममा विद्यहरुले बिजोड सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए।

अभिभावक दिवसको अवसरमा प्रमुख अतिथि गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) माधव प्रसाद उपाध्यायले बालबालिकाहरुलाई कसरी पढाउने र के पढाउने भन्ने विषयमा गंभिर हुनुपर्ने बताउनुभयो। उहाँले विद्यालयमा सिक्ने र सिकाउने कुरा समय सापेक्ष हुनुपर्ने बताउनुभयो।

कार्यक्रममा बोल्दै प्रिन्सिपल दिलिप रेग्मिले बालबालिकाहरुलाई अभिभावकहरुले प्रसस्त समय दिनुपर्ने भन्दै उनिहरु संगै खेल्न र गृहकार्यमा सघाउनुपर्ने बताउनुभयो। बालबालिकाहरु देखासिखी र सामाजिक संजालको गलत प्रयोगका कारण बिग्रेको भन्दै मोबाइलको गलत प्रयोग गरे नगरेको निगरानी गर्नुपर्ने बताउनुभयो।

विद्यार्थी हरु पढ्न रुचि गर्दैन, लेख्न झन मन गर्दैनन् र सुन्दैनन पनि भन्ने गुनासो आउने गरेको भन्दै सबैकुराहरुको बिकल्प भए जस्तै बालबालिकाको रुचि अनुरुप अभिभावक र शिक्षकहरुले व्यबहार गर्नुपर्ने बताउनुभयो। लिटिल क्लाइम्बर्स स्कुल इसिए एक्टिभिटीमा अगाडि छ, शिक्षण सिकाइमा कुनै पनि कमजोरी नरहेको र त्यसमा मामुलामा अभिभावक पनि चनाखो रहेको भन्दै अभिभावकहरुको प्रसंसा समेत गर्नुभयो।

उक्त कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, समाजसेवी, बौद्धिक ब्याक्तित्व, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा राष्ट्रिय कलाकार सुकदेव अधिकारीले विभिन्न गितहरु गाएका थिए। राष्ट्रिय कलाकारले गीत गाउदा विद्यार्थी तथा अभिभावकहरु समेत छमछमी नाचेका थिए।
कार्यक्रममा अभिभावकहरुको लागि विभिन्न खेलहरु समेत खेलाइएको थियो। भने अभिभावकको लागी दैनिक जिवनमा उपयोगी हुने पुरस्कारको समेत ब्यबस्था गरिएको थियो। उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरुको बेजोड प्रस्तुति दिएका थिए। आफ्नो नानीबाबुहरुको प्रस्तुति हेर्दा अभिभावकहरु भने दंग परेका थिए।








