Jul 27 2026 | २०८३, श्रावण ११ गते

जनक शिक्षा सामग्री केन्द्रको प्रबन्ध सञ्चालक पदका लागि आवेदन माग

जनक शिक्षा सामग्री केन्द्रको प्रबन्ध सञ्चालक पदका लागि आवेदन माग

  • 496
    SHARES

  • जनक शिक्षा सामग्री केन्द्रको प्रबन्ध सञ्चालक पदका लागि आवेदन माग

    माघ, २९ गते/ काठमाडौ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको रिक्त हुने प्रबन्ध सञ्चालक पदका लागि आवेदन माग गरेको छ । खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन माग गरेको हो ।

    जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालकको छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि बमोजिम योग्यता भएका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कार्यालय समयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारको प्रशासन महाशाखामा आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

    जनक शिक्षा समाग्री केन्द्र लिमिटेडको रिक्त हुने प्रबन्ध सञ्चालक पदमा पदपूर्तिका लागि ७ दिनको म्याद दिई राष्ट्रिय स्तरको दैनिकमा सूचना प्रकाशन गरिनेछ । उक्त समायवधि भित्र तीन भन्दा कम दरखास्त परेमा परेका दरखास्त यथावत राखी थप पाँच दिनको म्याद दिई दोस्रो पटक सुचना प्रकाशन गर्न सकिनेछ। दोस्रो पटक सूचना प्रकाशन गर्दा उम्मेदवारको थप आवेदन परे वा नपरे पनि छनौट सम्बन्धी प्रक्रियालाई अगाडी बढाउन सकिनेछ ।

    प्रबन्ध सञ्चालकको छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि www.moest.gov.np बाट हेर्न सकिने छ ।

    FB_IMG_1739266407871.jpgFB_IMG_1739266409256.jpgFB_IMG_1739266410542.jpgFB_IMG_1739266411763.jpg

    images
    मंगलवार, माघ २९ २०८१०३:२९:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार