Oct 03 2026 | २०८३, आश्विन १७ गते

स्थानीय पाठ्यक्रम परिमार्जनको लागि शिक्षकहरुको कार्यशाला

स्थानीय पाठ्यक्रम परिमार्जनको लागि शिक्षकहरुको कार्यशाला

  • 405
    SHARES

  • स्थानीय पाठ्यक्रम परिमार्जनको लागि शिक्षकहरुको कार्यशाला

    भक्तपुर, माघ ३०। भक्तपर नगरपालिका शिक्षा शाखाको आयोजनामा भक्तपुर नगरपालिकाको सभाकक्षमा स्थानीय पाठ्यक्रम ख्वपको पहिचान परिमार्जनका लागि नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरुबीच परामर्श तथा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ।

    Messenger_creation_82BAEC30-14E8-40DA-BE65-1F137A25B524.jpeg

    उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आधारभूत तहका विद्यार्थीहरुको सोच र चिन्तनमा सकारात्मक विकास हुने भएकोले स्थानीयता र आत्मनिर्भरताको विषयलाई परिष्कृत गर्ने दायित्व शिक्षकको भएको बताउँदै अबौं लगानी गरेर उत्पादन भएको डाक्टर, इन्जिनियर जस्ता जनशक्ति विदेशिँदा देशमा विरामी आमाबाबुको हेरचाहका लागि प्राविधिकहरु पाउन नसकिने भएकोले विद्यार्थीहरुलाई सामाजिक व्यवहार र देशभक्तिको कुरा सिकाउन जोड दिनुभयो ।

    विद्यार्थीको क्षमता अनुसार उचित मल्यांकन र प्रोत्साहन गरी मार्गनिर्देशन दिएमा देश र जनताको लागि लाभदायक विद्यार्थी हुने बताउँदै शिक्षक समयसमयमा अपडेट भई स्थानीय भाषाको सिकाइबाट आत्मियतामा विद्यार्थीलाई प्रमाणपत्रसहित कम्तिमा एउटा सीप प्रदान गर्न अघि सर्नुपर्ने उहाँले बताउनुभयो ।

    स्थानीय भाषासँगै सीप, ज्ञान र धारणा नयाँ पुस्तामा हस्तान्तरणको लागि स्थानीय पाठ्यक्रमले सहयोग गर्ने बताउँदै उहाँले नेपालको राजनीतिक अस्थिरता र बढ्दो अव्यवहारिक शिक्षाका कारण नेपालका कलेज क्याम्पसमा विद्यार्थीको आकर्षण कमले ५०४ वटा कलेज बन्द हुने स्थिति रहेको जानकारी दिनुभयो ।

    स्थानीय पाठ्यक्रम परिमार्जन कार्यदलका संयोजक तथा भनपा ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेले पाठ्यक्रम परिमार्जनको लागि संचालन भएको परामर्श तथा कार्यशाला गोष्ठीमा आएको सल्लाह र सुझावबाट सन्दर्भ सामाग्री र पाठ्यक्रम बालमैत्री, अभिभावकमैत्री तथा शिक्षकमैत्री हने बताउँदै समाजसेवी, विद्धतवर्ग, शिक्षक, अभिभावक तथा स्थानीय पाठ्यक्रमको शैक्षिक गुणस्तर परीक्षण नतिजाको विश्लेषण सहित पाठ्यक्रम विकास केन्द्रसम्म पृष्ठपोषण लिने बताउनुभयो ।

    Messenger_creation_A4A4BB52-034E-43F4-BFEF-DD79CE264A1E.jpeg

    भक्तपुर नगरपालिकाका प्रशासकिय अधिकृत वसन्त भट्टराईले देशमै खोजी र चासोको विषय रहेको भक्तपुरको स्थानीय पाठ्यक्रम निर्माणमा स्थानीय स्रोत साधनको प्रयोगमा स्थानीय बुद्धिजिवी समाजसेवीको सहभागिता भएको बताउँदै सेवा प्रवाहमा स्थानीय भाषा र लिपीको प्रयोगमा स्थानीयको अपनत्वले समेटिएको सुझाव अभिलेखीकरण गरी पूँजीको रुपमा प्रयोग गर्ने बताउनुभयो ।

    पाठ्यक्रम निर्माणका कार्यदलका सदस्यत्रय सिद्धिरत्न शाक्य, उद्दव सुजखू र रोशनराज तुइतुईले सहजीकरण गरिएको उक्त कार्यशालामा ७० जना शिक्षकहरुको विभिन्न ८ वटा समूहले छलफल, व्यवहारिकता तथा विद्यार्थीको तह र स्तर अनुसारको विषयवस्तु, पाठ्यक्रममा समेट्नुपर्ने विचारहरु प्रस्तुत गरेका थिए ।

    भक्तपुर नगरपालिकाले वि सं. २०७५ सालमा सर्वप्रथम स्थानीय सरकार संचालन ऐन २०७४ र संविधानसभाको संविधानले दिएको अधिकार प्रयोग गरी स्थानीय पाठ्यक्रम लागु गरी कार्यान्वयनमा ल्याएको थियो ।

    images
    बुधवार, माघ ३० २०८१०८:३१:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार