Oct 03 2026 | २०८३, आश्विन १७ गते

सान (SAN) एसईई क्विजको उपाधि वाटिका स्कुललाई

सान (SAN) एसईई क्विजको उपाधि वाटिका स्कुललाई

  • 600
    SHARES

  • सान (SAN) एसईई क्विजको उपाधि वाटिका स्कुललाई

    माघ, ३० काठमाडौं।  स्कुल्स एशोसिएसन नेपाल ( सान ) द्वारा यहाँ आयोजित कक्षा १० को पाठ्यक्रममा आधारित अन्तर- विद्यालय उपत्यका व्यापि एसईई क्विज ( SEE QUIZ) २०८१ को उपाधि नागार्जुन नगरपालिका ,वार्ड नं १,  रानीवनमा रहेको वाटिका स्कुल काठमाडौं ( Batika School Kathmandu ) हात पारेको छ।

    Messenger_creation_A860B7A8-1203-4528-A863-60B89A5EE616.jpeg

    बाटिकाले गत हप्तामात्रै नागार्जुन नगर स्तरीय अन्तर- विद्यालय कक्षा ८ को पाठ्यक्रममा आधारित विएलइ कोर्ष क्विज ( BLE Quiz) मा द्वितीय स्थान ( Second Position) जितेको थियोे । भने ५ वर्ष लगातार प्रथम स्थान प्राप्त गरिसकेको छ। एसइइ परीक्षा सधैं उत्कृष्ट नतिजा दिंदै आएको सो स्कुल काठमाडौं उपत्यकामा पठनपाठनमा उत्कृष्ट मानिन्छ । वाटिका स्कुल यसअघि एनसिइवीका नामले परिचित थियो ।

    यो वर्षदेखि नाम परिवर्तन (रिब्रान्डिङ) गरेर झन सुविधा सम्पन्न बनाएको वाटिका स्कुलमा विद्यार्थी भर्ना गराउन अभिभावकले अनुरोध गर्न थालिसकेको बताईएको छ। पढाइमा अब्बल भएर बालबालिकाका लागि आवश्यक सुविधा सबै भएका कारण अभिभावक तथा विद्यार्थीको रोजाइमा वाटिका स्कुल पर्ने गरेको स्थानीय अभिभावकले बताए।

    सान एसईई क्विज २०८१ मा ग्रेडेड इङलिस स्कुलले द्वितीय स्थान , एडु समिटले तृतीय स्थान र पिपल्स फ्रेन्डसिपले सान्त्वना स्थान हासिल गरेका थिए। उक्त कार्यक्रममा ३०० जति एसइइ दिने विद्यार्थीलाई सफलताको शुभकामना सहित मोटिभेसनल छोटो प्रशिक्षण समेत दिइएको थियोे ।

    images
    बुधवार, माघ ३० २०८१०८:५०:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार