बिहिवार, फाल्गुण १ २०८१
फागुन, १ गते/ काठमाडौ। राष्ट्रिय परिक्षा बोर्डले २०८२ साल बैशाख महिनामा हुने माद्यामिक शिक्षा परीक्षा कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डले २०८२ बैशाख ११ गतेदेखि सञ्चालन गर्ने गरि परिक्षा तालिका सार्वजनिक गरेको हो।
बेर्डले वार्षिक परीक्षको समय तालिका सार्वजनिक गर्दै २०८१ जेठ २८ गतेको स्विकृत कार्यतालिका अनुरुप परीक्षा सञ्चालन गरिने जनाएको छ।
बोर्डले साधारण र परम्परागत धार तर्फका नियमित तथा आंशिक रजिष्ट्रेशन नम्बरका सुरुका दुई अंक ७८,७९, ८० र ८१ एवं प्राविधिक धार तर्फका रजिष्ट्रेशन नम्बरका सुरुका दुई अंक ७९, ८० र ८१ हुने परीक्षार्थीहरुको समय तालिका सार्वजनिक गरेको छ ।
परीक्षा बैशाख ११ गते बिहिवार सुरु भई २४ गते सकिने सुचनामा उल्लेख छ । साथै परिक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ ।

