आइतवार, फाल्गुण ४ २०८१
फागुन, ४/काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भविष्यमा विश्वविद्यालय शिक्षासमेत निःशुल्क गर्न सकिने बताएका छन् । आइतबार सांसदले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले स्रोत साधनले भ्याएसम्म विश्वविद्यालय शिक्षासमेत निःशुल्क गर्न सकिने बताएका हुन् ।
संसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्रीले भन्नुभयो, 'नेपालको संविधानले आधारभूत तहसम्मको विद्यालय शिक्षा नि:शुल्क र अनिवार्य एवं माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क पाउने व्यवस्था गरेबमोजिम कार्यान्वयन भइरहेको माननीयज्यूलाई जानकारी नै होला। स्रोत साधनले भ्याएसम्म भविष्यमा विश्वविद्यालय शिक्षासमेत नि:शुल्क गर्न नसकिने कुरा भएन।'