Jul 27 2026 | २०८३, श्रावण ११ गते

भारतमा नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि विद्यार्थी प्रदर्शन

भारतमा नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि विद्यार्थी प्रदर्शन

  • 443
    SHARES

  • भारतमा नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि विद्यार्थी प्रदर्शन

    काठमाडौँ । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टलमा एक नेपाली छात्राले आत्महत्या गरेकी छन् ।

    छात्राको मृत्यु भएको घटनाको बिरोधमा नेपालस्थित भारतीय दूतावास अगाडि विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि भएको ज्यादतीविरुद्ध लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेका हुन्।

    Screenshot_2025-02-17-18-05-29-63_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    मृतक छात्रा रुपन्देहीको प्रकृति लम्साल रहेको बताइएको छ । मृतक लम्साल इन्जिनियरिङ कलेजमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत थिइन् । लम्सालले आत्महत्या गरेपछि उक्त कलेजमा नेपाली विद्यार्थीले विरोध प्रदर्शन गरेका थिए । कलेज प्रशासनले विरोध प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    images
    सोमवार, फाल्गुण ५ २०८१०६:१०:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार