मंगलवार, फाल्गुण ६ २०८१
फागुन, ६ गते/ काट। त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले विभिन्न पदमा कर्मचारी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ। आयोगले विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायका प्रशासनिक/ प्राविधिक पदहरु बढुवा, आन्तरिक तथा खुला/समावेशी, प्रतियोगिताद्वारा पदोन्नति तथा स्थायी पदपूर्ति गर्नु पर्ने भएकोले दर्खास्त आह्वान गरिएको हो।
कर्मचारी नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियम, २०७३ (२०८१ मसीर २० गतेसम्मको संशोधनसहित) मा भएको व्यवस्था बमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरूबाट मिति २०८१ फागुन ६ गते देखि २०८१ चैत ११ गतेसम्म नियमित र चैत १८ गते रातको १२ बजेभित्र त्रिविको सेवा आयोगको वेबसाइट www.tusc.tu.edu.np मा अंकित अनलाइन एप्लिकेशन मार्फत दरखास्त दिन सकिने जनाएको छ ।
विज्ञापनसम्बन्धी विशेष सूचनाः सम्मानित सर्वोच्च अदालतबाट रिट नम्बर ०७८-WO-०६६० उपर भएको उत्प्रेषण आदेश बमोजिम जारि हुने संघीय निजामती सेवा ऐनमा समावेशी समूहको हकमा समेत पदसंख्या निर्धारण भए वमोजिम हुने गरी हाललाई त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम २०५० बमोजिम विज्ञापनको सूचना प्रकाशन गरिएको छ।
आवेदन दस्तुरः अधिकृत तृत्तिय रु.२,८००।-, मूख्य सहायक प्रथम रु.२,०००।-, सहायक द्वितीय रु.१,५००।- प्रत्येक थप समावेशी समूहका लागि २० प्रतिशत थप दस्तुर अनलाईन प्रणाली मार्फत बुझाउनु पर्नेछ।



