Jul 27 2026 | २०८३, श्रावण ११ गते

जीतपुरसिमरा उपमहानगरले शिक्षकको खाताम सिधै तलब पठाउन थाल्यो

जीतपुरसिमरा उपमहानगरले शिक्षकको खाताम सिधै तलब पठाउन थाल्यो

  • 580
    SHARES

  • जीतपुरसिमरा उपमहानगरले शिक्षकको खाताम सिधै तलब पठाउन थाल्यो

    फागुन, ७ सिमरा। बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले जिल्लामै पहिलोपटक शिक्षकको खातामा सिधै तलब पठाउन शुरु गरेको छ । यसअघि मासिक रुपमा विद्यालयको खातामा तलब निकासा गर्दै आएको उपमहानगरले फागुनदेखि शिक्षककै खातामा सिधै तलब निकासा हुने व्यवस्था मिलाएको हो ।

    उपमहानगरपालिकाका शिक्षा अधिकृत खुलप्रसाद गौतमका अनुसार सोमबार सबै शिक्षकको माघ महिनाको तलब ब्यक्तिगत खातामा निकासा भइसकेको छ । यसअघि उपमहानगरपालिकाले विद्यालयको खातामा तलब पठाउने गरेको थियो ।

    विद्यालयको खातामा उपमहानगरपालिकाले पठाएको पैसा फेरि शिक्षकको खातामा पठाउन प्रधानाध्यापकहरुले एकसातासम्म लगाउने गरेका थिए । लेखापाल नभएका आधारभूत विद्यालयका प्रधानाध्यापकहरुलाई तलब निकासा अतिरिक्त बोझका रुपमा रहेको थियो ।

    images
    बुधवार, फाल्गुण ७ २०८१०७:१८:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार