Jul 27 2026 | २०८३, श्रावण ११ गते

पोखरा विश्वविद्यालको दीक्षान्त समारोहमा सात हजार ८७२ विद्यार्थी दीक्षित

पोखरा विश्वविद्यालको दीक्षान्त समारोहमा सात हजार ८७२ विद्यार्थी दीक्षित

  • 670
    SHARES

  • पोखरा विश्वविद्यालको दीक्षान्त समारोहमा सात हजार ८७२ विद्यार्थी दीक्षित

    पोखरा । पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहबाट सात हजार ८७२ विद्यार्थी दीक्षित भएका छन् । पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई दीक्षित गराएका हुन्।

    FB_IMG_1740061836207.jpg

    दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीहरूले इमानदार भएर देशका लागि काम गर्नुपर्नेमा जोड दिएका छन् । २० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्मविश्वास र इमानदारपूर्वक समाजका लागि सकारात्मक काममा आफूले प्राप्त गरेको ज्ञानको उपयोग गर्नुपर्ने बताए।

    FB_IMG_1740063405163.jpg

    “इमानदारीताले मात्रै सकारात्मक सफलता पाउन सकिन्छ । बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुँदैन । तपाईँहरूले राम्रो पढेको हो भने पनि त्यसलाई समाजमा नकारात्मकता, चोरी, ठगीस्ता अपराधका काममा प्रयोग गरेमा त्यसलाई सफलता मान्न सकिँदैन ।”, कुलपति ओलीले भने, “तपाईँहरू समाज र देशका लागि उपयोगी हुनुपर्छ । आफ्ना लागि मात्रै गर्न खोजेमा स्वार्थी भइन्छ । देश र समाजका लागि केही गर्नुस् । नागरिक सर्वोच्चताको गर्व तपाईँहरूमा होस् ।”

    उनले सानो देशमा छु भन्ने हिनताबोधी भावना राख्नु नराख्न आग्रह गर्दै कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठुलो नहुने दोहोर्‍याए । “हात्ती देख्ने बित्तिकै भागेमा माउते हुन सकिँदैन । हात्तीलाई तालिम दिएर माउते हुने कोसिस गर्नुस् । साहसी हुनुस्, दुस्साहसी नहुनुस् ।”, प्रधानमन्त्री ओलीले भने, “हामीसँग उर्वर भूमि छ । यसलाई रुपान्तरणकारी विकासमा लान सकिन्छ । यस काममा विश्वविद्यालय लागोस् । सरकार विश्वविद्यालयको साथमा छ ।”

    FB_IMG_1740061833724.jpg

    दीक्षान्त समारोहमा कुलपति ओलीले विश्वविद्यालयका विभिन्न संकाय र तहका गरी ७ हजार ८ सय ७२ विद्यार्थीलाई दीक्षित गराए । साथै उनले कुलपति पदकबाट सर्वोत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत पनि गरे ।

    images
    बिहिवार, फाल्गुण ८ २०८१०७:१९:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार