Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविद्वारा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक (कार्यतालिका सहित)

त्रिविद्वारा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक (कार्यतालिका सहित)

  • 685
    SHARES

  • त्रिविद्वारा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक (कार्यतालिका सहित)

    फागुन, ९ गते/ काठमाडौ। त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन-२०८१ कार्यतालिका सार्वजनिक गरेको छ । विश्वविद्यालय स्व.वि.यु. निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले एक सूचना जारी गर्दै कार्यतालिका सार्वजनिक गरेको हो।

    विश्वविद्यालयले जारी गरेको तालिका अनुरुप संङ्घ/सङ्गठन/समूह दर्ता गर्ने अन्तिम समय २०८१ फागुन १९ गते दिनको ३:०० बजेसम्म रहेको छ। भने २०८१ फागुन २१ गते बिहान १०:०० बजे मतदाता सूची प्रकाशित गर्नेछ। फागुन २५ गते दिनको १:०० बजेसम्म मतदाता सूची उपर दाबी बिरोध गर्ने समय र फागुन २५ गते दिनको ५ बजे मतदाता सूची उपर दाबी विरोधको छानविन गरी अन्तिम नामावली प्रकाशित गर्ने जानकारी दिएको छ।

    त्यसैगरी फागुन २६ गते ११ बजे देखि २ बजेसम्म उम्मेदवारको लागि मनोनयनपत्र बितरण (प्रत्यक्ष र समानुपातिक दुबैको लागि) तालिका छ। फागुन २७ गते ११ बजेदेखि २ बजेसम्म प्रत्यक्ष र समानुपातिक दुवैतर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय तोकिएको छ।

    फागुन २७ दिनको ५ बजे दुबैतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्नेछ। फागुन गते विहान ११:०० बजेदेखि दिनको २:०० बजेसम्म दुबैतर्फको उम्मेदवारको नामावली उपर दाबी विरोधगर्ने अन्तिम समय तोकिएको छ भने सोही दिन ५ बजे दुबैतर्फको दाबी बिरोध उपर छानविन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने समय तोकिएको छ।

    त्यसैगरी फागुन २९ गते दुबैतर्फको उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय दिइने छ । सोही दिन दिनको २ बजे दुबैतर्फको उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने समय तोकिएको छ।

    तालिका अनुसार मतदान मिति २०८१ चैत ०५ गते बिहान ८:०० बजेदेखि दिनको ४:०० बजेसम्म निवाचन हुने तालिकामा उल्लेख छ।

    FB_IMG_1740145326597.jpg

    images
    शुक्रवार, फाल्गुण ९ २०८१०७:४७:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार