Jul 29 2026 | २०८३, श्रावण १३ गते

सबै सामुदायिक विद्यालय बदल्ने अभियान सुरु गरौ : प्रचण्ड

सबै सामुदायिक विद्यालय बदल्ने अभियान सुरु गरौ : प्रचण्ड

  • 803
    SHARES

  • सबै सामुदायिक विद्यालय बदल्ने अभियान सुरु गरौ : प्रचण्ड

    फागुन ९ गते/ तनहुँ। पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक विद्यालय बदल्ने अभियान सुरु गर्न आह्वान गर्नु भएको छ । शुक्लागण्डकी नगरपालिका –४ दुलेगौंडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शुक्रबार आयोजित शिक्षक, अभिभाव र विद्यार्थीसँगको भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो ।

    FB_IMG_1740150081404.jpg

    उक्त अवसरमा पूर्व प्रधानमन्त्री प्रचण्डले देशकै नमुना सामुदायिक विद्यालय पञ्चमुनिदेव माध्यमिक विद्यालयलाई थप शैक्षिक सफलताकाे शुभकामना दिनुभएको छ । कार्यक्रममा केही सामुदायिक विद्यालयहरू राम्रो गुणस्तर शिक्षा र भौतिक सुधार हुँदै गएर नीजिभन्दा अब्बल बनेको उदाहरण दिनुहुँदै प्रचण्डले सबै सामुदायिक विद्यालयलाई बदल्ने अभियानमा सबै लाग्नुपर्ने बताउनुभयो ।

    FB_IMG_1740150077211.jpg

    भौतिक पूर्वाधार साथै शैक्षिक गुणस्तर सुधार गरेर विद्यालयको अवस्थालाई बदल्न सकिने भन्दै प्रचण्डले भन्नुभयो, ‘‘नीजि विद्यालयमा विद्यार्थीको सङ्ख्या बढी र सामुदायिक कमजोर हुने सर्वत्र देखिएको प्रकृति भएपनि पछिल्लो समय सुधार हुँदै गएको छ ।’’

    पञ्चमुनी देव माध्यामिक विद्यालयले राम्रो नतिजा ल्याएर देशैभरका सामुदायिक विद्यालयलाई सकरात्मक सन्देश दिएकोमा खुसी लागेको प्रचण्डले बताउनुभयो । नमुना विद्यालय बनाउन लागि पर्ने शिक्षक, अभिभाव र विद्यार्थीलाई बधाई उहाँले व्यक्त गर्नुभयो । सबैको मिहिनेतले विद्यालय अग्रस्थानमा रहि चर्चा कमाउँदै आएकोमा उहाँले खुसी प्रकट गर्नुभयो ।

    images
    शुक्रवार, फाल्गुण ९ २०८१०८:५३:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार