Jul 27 2026 | २०८३, श्रावण ११ गते

नोप्सो एसईई क्विज २०८१ सम्पन्न

नोप्सो एसईई क्विज २०८१ सम्पन्न

  • 639
    SHARES

  • नोप्सो एसईई क्विज २०८१ सम्पन्न

    फागुन, ९ गते/ काठमाडौं। नोप्सो (North-western Private Schools Organization (NOPSO), द्वारा एसईई क्विज- २०८१ सम्पन्न भएको छ। शुक्रबार  ढुङ्गेधारास्थित बिभुती स्कुलमा नोप्सो अध्यक्ष राजकुमार श्रेष्ठको सभापतित्व तथा काठमाडौ जिल्ला प्याब्सनका अध्यक्ष नवराज भट्टको प्रमुख अतिथ्यतामा क्विज कार्यक्रम सम्पन्न भएको हो।

    IMG_3331~2.JPG

     एसईई क्विज- २०८१ मा नोप्सो सदस्य विद्यालय रहेका १३ विद्यालयको सहभागिता रहेको थियो।  क्विजमा प्रथम र द्वितीय, तृतीय, लगाएत टप छ वटा टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।

    क्विजमा प्रथम स्थान चेतना सदन स्कुल, द्वितीय स्थान रानिबनस्थित एनसिइबी (NCEB / हाल बाटिका) स्कुल र तृतीय स्थान जेम्स स्कुल्ले हात पारेका छन। उनिहरुले क्रमश ६४/५४/५२ अंक ल्याएका छन। साथै फाइनल चरणमा पुगेका ६ वटा विद्यालय मध्य द सनसाइन स्कुल चौथो स्थान, टोडलर्स स्कुल पाँचौ स्थान र युएसए स्कुलले छैटौं स्थान हात परेको छ।

    IMG_3406~2.JPGIMG_3395~2.JPGIMG_3432~2.JPG

    एसईई क्विजको पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्याब्सन काठमाडौ जिल्ला अध्यक्ष नवराज भट्टले नोप्सोले क्यालेन्डर अनुरुप विद्यार्थीहरुको क्षमता प्रस्फुटन गर्ने कार्यक्रमहरु गरिरहेकोमा धन्यवाद व्यक्त गर्नुभयो। विद्यार्थीहरुको क्षमता प्रस्फुटन गर्ने कार्यमा नोप्सो सधै अगाडि छ। 'अध्यक्ष भट्टले भन्नुभयो यस्तो कार्यहरुबाट विद्यार्थीहरुले ज्ञान हासिल गर्नुस् ।' अध्यक्ष भट्टले बिजेता तथा सहभागी विद्यालय र विद्यार्थीहरुलाई बधाई दिनुभयो।

    IMG_3359~2.JPG

    उक्त कार्यक्रममा नोप्सोका संस्थापक अध्यक्ष तथा बाटिका स्कुलका प्राचार्य युवराज बस्ताकोटिले सहभागी सबै विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो। साथै सहभागी विद्यार्थीहरुलाई हरेक नोप्सोले गर्ने CCA तथा ECA कार्यक्रमहरु विद्यार्थीको सर्वाङ्गिण बिकास गर्ने उपयुक्त प्लेटफर्मको रुपमा बिकास भएको भन्दै आगामि दिनहरुमा हुने कार्यक्रमहरुको लागि समेत तयारी गर्न सुझाव दिनुभयो।

    IMG_3356~2.JPG

    कार्यक्रममा बोल्दै नोप्सोका अध्यक्ष राजकुमार श्रेष्ठले आउदै गरेको एसईईमा विद्यार्थीहरुलाई तयारी गर्न सहज होस भनेर पाठ्यक्रममा आधारित प्रश्नहरु तयार गरेर एसईई क्विज आयोजना गरेको बताउनुभयो । उहाँले क्विजमा सहभागी विद्यार्थीहरुलाई शुभकामना ब्यक्त गर्नुभयो।

    IMG_3424~2.JPG

    कार्यक्रममा बिभुती स्कुलका प्रिन्सिपल राजेश्वर श्रेष्ठले स्वागत मन्तव्य दिनुभयो ।

    IMG_3337~2.JPG

    एसईई क्विज २०८१ पुरस्कार वितरण समारोहमा नागार्जुन नगरपालिका उपाध्यक्ष डिबि ढकाल, पिपुल्स फ्रेन्डसिप स्कुलका प्रिन्सिपल संजय शर्मा, नोप्सोका कोषाध्यक्ष तथा सिग्मा कलेजका प्रिन्सिपल जयसिंह धामी, द सनसाईन स्कुलका भाइस प्रिन्सिपल तेजप्रसाद भण्डारी, जेम्स स्कुलका ब्यबस्थापन समितिका अध्यक्ष मिना गुरुङ, नोप्सो कार्यसमितिका सदस्य तथा सुप्रीम शिव बाबा स्कुलका प्रिन्सिपल नारायण गोपाल श्रेष्ठ लगाएत नोप्सो सम्बद्ध सदस्य विद्यालयका प्राचार्यहरु तथा शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो।

    IMG_3339.JPG

    २०७३ सालमा स्थापित नोप्सोले विद्यार्थीहरुको सर्बाङ्गिन बिकासको लागि विभिन्न CCA तथा ECA कार्यक्रमहरु गर्दै आएको छ।

    IMG_3386.JPGIMG_3381.JPG

    images
    शनिवार, फाल्गुण १० २०८१०७:५८:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार