शनिवार, फाल्गुण १० २०८१
फागुन, १० गते। काठमाडौ बर्नहार्ट स्कुल/कलेजले आयोजना गरेको नृत्य प्रतियोगिताको ट्रफी कक्षा ११ का बिज्ञान संकायका विद्यार्थीले हात पारेका छन्। करिब २५ वटा नृत्य टिम मध्यबाट उत्कृष्ट नृत्य गर्दै उनिहरुले ट्रफी हात परेका हुन।

नृत्य प्रतियोगितामा द्वितीय स्थान प्रगति पोख्रेल, तृतीय स्थान प्रतिज्ञा, सुमिना, प्रशोबी र लक्ष्मीको सामुहले प्राप्त गर्यो। भने चौथो स्थान प्रेसङ तामाङ र पाँचौ स्थान आशिष ठकुरिले हात पारे।
पहिलो चरणमा २५ वटा नृत्य मध्यबाट दोस्रो चरणमा १७ वटा नृत्यहरु मध्यबाट छनिएर उत्कृष्ट ५ वटा नृत्यलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।

नृत्य प्रतियोगितामा नृत्य निर्देशक एसोसिएसन नेपाल चन्द्रागिरी नगरसमितिका संगिता श्रेष्ठ, राकेश शाही, निसिता पाख्रीन निर्णायकको रुपमा रहेका थिए।
प्रतियोगिताको पुरस्कर वितरण समारोहमा बोल्दै बर्नहार्ट/स्कुल कलेजका प्रिन्सिपल अमृत बाबू भट्टले विद्यार्थीहरुको प्रतीभा प्रस्फुटनको एक उत्कृष्ट माध्यम रहेको बताउनुभयो। पुरस्कार वितरण कार्यक्रममा बर्नहार्ट स्कुल/कलेजका कार्यकारी निर्देशक नवराज अधिकारी, शैक्षिक निर्देशक पुरुषोत्तम बिष्ट, प्रिन्सिपल अमृतबाबु भट्ट, कोर्डिनेटर रामकृष्ण पराजुली लगाएत शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो।
