आइतवार, फाल्गुण ११ २०८१
फागुन, ११ गते/ काठमाडौ। किर्तिपूर नगरपालिका, ५ पिपलबोटस्थित ग्रीन भिलेज एजुकेसन फाउन्डेसनको शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। शनिबार ग्रीन भिलेज एजुकेसन फाउन्डेसनको प्राङ्गणमा विद्यार्थीहरुले पढाई संगसंगै गरेका अन्य रचनात्मक क्रियाकलाप तथा कार्यहरुको प्रदर्शनी (Educational exhibition) गरेको हो।

ग्रीन भिलेज एजुकेसन फाउन्डेसनले हरेक बर्ष शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रमहरु गर्दै आएको छ। Educational Exhibition - 2081 मा विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, अभिभावक, सामाजिक ब्याक्तित्वहरु संगै स्थानिय भद्र भलाद्मीहरुको बाक्लो उपस्थिति रहेको थियो।

Exhibition नर्षरी देखि कक्षा १० सम्मका विद्यार्थी भाइबहिनीहरुले बनाएको विभिन्न प्रोजेक्टहरु प्रदर्शनीमा राखिएको थियो। विद्यार्थीहरुले सहज रुपपमा प्राप्त हुने कागज, काठ, मेटलहरुको प्रयोग गरेर विभिन्न, औजारहरु, रिमोट बाट चल्ने बिद्धुतिय सामाग्री, रोबोट, बिद्धुतिय कार, तथा रंगिन प्रोजेक्टहरु निर्माण गरेका थिए ।

प्रदर्शनी हेर्न अभिभावक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो भने अवलोकन गर्न आउने अभिभावकलाई विद्यार्थीहरुले आफै बनाएको प्रोजेक्टको बारे ब्याख्या गरिरहेका देखिन्थे। साथै आफ्नो बालबालिकाले बनाएको प्रोजेक्टहरुको अवलोकन गर्दा विद्यार्थी तथा अभिभावक सबै खुशी देखिन्थे।

शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम ग्रीन भिलेज एजुकेसन फाउन्डेसनका संस्थापक प्रिन्सिपल एवं नगर प्याप्सन कीर्तिपुरका अध्यक्ष रबि भण्डारीको सभापतित्व तथा किर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

कार्यक्रममा बोल्दै मेयर कृष्णमान डंगोलले बिद्यालयले राम्रो प्रगति गरिरहेको बताउनुभयो। पहिले किर्तिपुरमा तीन चारवटा मात्रै स्कुल थिए, प्रजातन्त्र आएपछि सुबिधासम्पन्न स्कुलहरु खुलेका छन भन्दै मेयर ढंगोलले पहिला महिलाहरुलाई पढ्न धेरै समस्या हुन्थ्यो तर अहिले महिलाहरु नै शिक्षामा अब्बल देखिएका बताउनुभयो। उहाँले सामुदायिक र संस्थागत विद्यालयहरुले स्वस्थ प्रतिस्पर्धा गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो। सरकारी स्कुलले राम्रो कुराहरु संस्थागत विद्यालयबाट सिक्नुपर्छ त्यसो भयोभने स्वस्थ प्रतिस्पर्धा हुन्छ र शिक्षामा गुणस्तर बढ्छ; डंगोलले भन्नुभयो। मेयर डंगोलले शिक्षा पहिले भन्दा अहिले धेरै गुणस्तरीय भएको दाबी समेत गर्नुभयो।

विद्यार्थीहरु जुन बिषय पढेपनी त्यसमा दक्षता हाँसिल गर्नुपर्ने मेयर डंगोलको धारणा रहेको छ। अहिले शिक्षा संगै खेलकुदले पनि व्यावसायिकता पाउन थालेको छ। डंगोलले भन्नुभयो खेलकुदले पनि जिवन निर्वाह गर्न सकिने भएको छ। हामिले व्यावसायिक शिक्षालाई लागू गर्नुपर्ने छ। त्यसको लागी स्कुलहरुले बिशेष मिहेनत गरौं, डंगोलले भन्नुभयो।

कार्यक्रममा संस्थापक प्रिन्सिपल रबि भण्डारीले शैक्षिक प्रदर्शनीले विद्यार्थीहरुको सिर्जनात्मक क्षमता अभिबृद्धी गर्न सघाउ पुर्याउने बताउनुभयो । प्रदर्शनीले विद्यार्थीहरुले कक्षाकोठामा सिकेका ज्ञान, सिपल, र कला प्रदर्शन (एक्स्पोज) गर्न सघाउ पुर्याउने उहाँले बताउनुभयो।

शैक्षिक प्रदर्शनिमा विद्यार्थीहरुले बिभिन्न रोबोटिक गेमहरु समेत खेलेका थिए। भने रोबोटले खेलेको फूटबल भने अत्यन्तै आकर्षणको केन्द्र रहेको थियो। कार्यक्रममा रोबोर्टले पानसमा बत्ति बालेको थियो। भने ड्रोनको सहयोगले आकाशबाट पुष्पगुच्छाहरुले उपस्थित अतिथि तथा अभिभावकहरुलाई स्वागत गरेको थियो।

कार्यक्रममा विद्यार्थीहरुले नेपालको साँस्कृतिक कला झल्किने भिभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए। साथै विद्यार्थीहरुले विभिन्न फूड स्टलहरु समेत राखेका थिए।

शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रममा विशेष अतिथि कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजेन्द्र बानियाँ, अतिथि युवा तथा खेलकुद मन्त्रालयका शाखा अधिकृत गणेश गुरुङ, कीर्तिपुर नगरपालिकाका शिक्षा शाखा अधिकृत कमला पोखरेलज्यू, कीर्तिपुर नगरपालिका वडा नम्बर १ का वडा सदस्य पविना विष्ट, ग्रीन मिलेज एजुकेसन फाउन्डेसनका एकाडेमिक भाइस प्रिन्सिपल श्री पुण्यप्रसाद भारती, एसियाली तारापुञ्ज माविका प्रिन्सिपल तथा नगर प्याप्सन कीर्तिपुरका सचिव हरेराम अधिकारी, New Horizon मावि का प्रिन्सिपल तथा नगर प्याप्सन कीर्तिपुरका कोषाध्यक्ष बुद्ध महर्जन, बाधभैरव बोर्डिङ स्कुलका प्रिन्सिपल तथा नगर प्याप्सन कीर्तिपुरका सदस्य सविता महर्जन, कृति सेकेन्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल तथा नगर प्याप्सन कीर्तिपुरका सदस्य कृष्ण उपाध्याय लगाएत शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

उक्त शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रमको औपचारिक सत्र स्कुलका इसिए भाइस प्रिन्सिपल ओमप्रकाश पोखरेल संचालन गर्नुभएको थियो।








