Jul 27 2026 | २०८३, श्रावण ११ गते

‘एसइई’मा धेरै विद्यार्थी अनुत्तीर्ण हुनेगरि पढाउने शिक्षकको तलब बढाउन सकिँदैन: प्रधानमन्त्री ओली

‘एसइई’मा धेरै विद्यार्थी अनुत्तीर्ण हुनेगरि पढाउने शिक्षकको तलब बढाउन सकिँदैन: प्रधानमन्त्री ओली

  • 912
    SHARES

  • ‘एसइई’मा धेरै विद्यार्थी अनुत्तीर्ण हुनेगरि पढाउने शिक्षकको तलब बढाउन सकिँदैन: प्रधानमन्त्री ओली

    फागुन, १३ गते/ काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एसइई’मा धेरै विद्यार्थी अनुत्तीर्ण हुनेगरि पढाउने शिक्षकको तलब बढाउन नसकिने बताएका छन्। जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

    यसैगरी शिक्षा क्षेत्र खेलबाड गर्ने थलो नभएको उल्लेख गर्दै एसईईमा ५२ प्रतिशत अनुत्तीर्ण हुने स्थिति र प्रणालीलाई अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरे । प्रधानमन्त्री ओलीले भने, “निजी विद्यालयलाई गुठीमा लानुपर्छ भन्ने छैन । शिक्षा क्षेत्र खेलबाड गर्ने थलो होइन । एसईईमा ५२ प्रतिशत अनुत्तीर्ण हुने स्थिति र प्रणालीलाई अन्त्य गर्नुपर्छ ।’’

    प्रधानमन्त्री ओलीले खान लाउन नपाउनेलाई सरकारले हेर्नुपर्ने धारणा ब्यक्त गरे। ओलिले भने,'पढ्न नसक्नेलाई सरकारले पढाउनुपर्छ । शुल्क तिर्न सक्नेलाई छात्रवृत्ति दिइरहनुुपर्छ भन्ने छैन । आफैँ तिरेर उच्चशिक्षा पढ्न चाहने स्वदेशी र विदेशीलाई सरकारी वा निजी सबै शिक्षालयमा पूर्वाधार सुविधा र कोटा बढाएर अध्ययन गर्ने वातावरण तयार गर्नुपर्दछ”, प्रधानमन्त्री ओलीले भने, “निजी विद्यालयलाई गुठीमा लानुपर्छ भन्ने छैन । शिक्षा क्षेत्र खेलबाड गर्ने थलो होइन । ‘एसइई’मा ५२ प्रतिशत अनुत्तीर्ण हुने स्थिति र प्रणालीलाई अन्त्य गर्नुपर्छ ।”

    कार्यक्रममा प्रधानमन्त्री ओलीले देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभई सोच विचार गरेर काम गरिरहेको स्पष्ट गर्दै जनताले पनि यस यात्रामा साथ र सहयोग दिनुुपर्नेमा जोड दिए । मुलुक अँध्यारो युगबाट भर्खरै उज्यालो युगमा प्रवेश गरेकाले युवाहरू निराश हुनुनपर्ने बताउँदै मुलुकमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने बताए ।

    साथै पहिला प्रधानमन्त्री हुँदा तीन सय ९६ आधारभूत अस्पतालको एकै पटक शिलान्यास गरेको स्मरण गराउँदै उनले यसबिचमा प्रभावकारी रूपमा काम हुन नसकेको बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालको रजत जयन्ती स्मारिकाको विमोचन गरेका थिए ।

    images
    मंगलवार, फाल्गुण १३ २०८१०६:१२:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार