Jul 27 2026 | २०८३, श्रावण ११ गते

भीम आदर्शको ६२औं वार्षिकोत्सब सम्पन्न

भीम आदर्शको ६२औं वार्षिकोत्सब सम्पन्न

  • 463
    SHARES

  • भीम आदर्शको ६२औं वार्षिकोत्सब सम्पन्न

    भक्तपुर, फागुन १४ । भक्तपुर नगरपालिका वडा नं ८ लिवाली स्थित भीम आदर्श आधारभूत विद्यालयले ६२औं वार्षिकोत्सब, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र खायमलीको सभापतित्वमा प्रमुख अतिथि भनपा ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजूको उपस्थितिमा वार्षिकोत्सब कार्यक्रम सम्पन्न भयो।

    कार्यक्रमका प्रमुख अतिथि कोजूले विद्यार्थीलाई सिकाईसँगै देशभक्त बनाउन जोड दिँदै भक्तपुर नगरपालिकाले विश्वविद्यालय संचालनको लागि तयारी गरिरहेको बताउनुभयो ।

    त्यस्तै विद्यालयका सहयोगी तथा शिक्षाप्रेमी हिमालयश्वर लाल मूलले पाठ्यवस्तु कण्ठस्थ गर्ने निरुत्साहित गर्नुपर्ने बताउँदै व्यवहारिक सीप र ज्ञानबाट विद्यार्थीको सीपलाई उन्नत गर्न जोड दिनुभयो ।

    कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक दीपक माकले विद्यालयस्तरीय अतिरिक्त क्रियाकलाप संचालनबाट विद्यार्थीको शिक्षण सिकाईमा गुणस्तरीयता बढाउन सहयोग पुग्ने बताउनुभयो ।

    विद्यालयका प्रअ पूजा दाहालले विद्यालयको शैक्षिक प्रगति प्रतिवेदन, विद्यालयको अतिरिक्त क्रियाकलाप तथा अन्य समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

    उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक संघ नगर समितिका अध्यक्ष विष्णुप्रसाद दुमरु, नगर शिक्षा शाखाका प्रमुख साधुराम फुयाल तथा आधारभूत विद्यालय समितिका उपाध्यक्ष तीर्थलक्ष्मी धन्छा लगायतले बोल्नुभयो ।

    वार्षिकोत्सब कार्यक्रममा अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थी, कक्षागत उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीलाई पुरस्कार वितरण गरेको थियो। उक्त कार्यक्रममा विद्यार्थीहरूले बिभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए ।

    images
    बुधवार, फाल्गुण १४ २०८१०९:३५:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार