Jul 27 2026 | २०८३, श्रावण ११ गते

उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन केयुका १३ जना पदाधिकारीको ध्यानाकर्षण

उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन केयुका १३ जना पदाधिकारीको ध्यानाकर्षण

  • 789
    SHARES

  • उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन केयुका १३ जना पदाधिकारीको ध्यानाकर्षण

    काठमाडौं, फागुन १४ गते । उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन काठमाडौ विश्वविद्यालयका पदाधिकारीहरूले उपकुलपति खोज तथा सिफारिस समितिलाई ध्यानाकर्षण गराएका छन् । विश्वविद्यालयका १३ जना पदाधिकारीले संयुक्त रूपमा पत्र पठाउँदै विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन ध्यानाकर्षण गराएका हुन् ।

    उपकुलपति सिफारिसमा ढिलाइ हुँदा समितिको कार्यक्षमता एवम् निष्पक्षता माथिसमेत प्रश्न उठ्न थालेकाले यो प्रक्रिया यथाशीघ्र टुङ्ग्याउनुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ । उपकुलपति छनोटका लागि बनाइएका कार्यविधि तथा मापदण्डका आधारमा तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस हुने विश्वास पनि व्यक्त गरिएको छ ।

    “उपकुलपति छनोट प्रक्रियामा सहभागी भई प्रस्तुति र अन्तर्वार्ता दिने उम्मेदवारहरूले पाएको अङ्कलाई तोडमोड गरिएको, प्रक्रिया सुरु भइसकेपछि नाम सिफारिसका लागि वस्तुपरक नदेखिने किसिम नयाँ शर्त अघि सारिँदा समितिमा अन्य सदस्यलाई अप्ठ्यारो परेको भन्ने विषयहरु सञ्चारमाध्याममा आइरहेका छन् । यसलाई गलत साबित गरी समिति आफैँले स्वीकृत गरेको प्रक्रिया र मापदण्डमा आधारित भई तीन जनाको नाम यथाशीघ्र सिफारिस हुनेमा हामी सबै आशावादी छौँ” संयुक्त ध्यानाकर्षणपत्रमा भनिएको छ ।

    उक्त ध्यानाकर्षणपत्रमा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्रा.डा. बालचन्द्र लुइँटेल, एशोसिएट डिनद्वय प्रा. डा. प्रकाशचन्द्र भट्टराई र प्रा. डा. हेमराज काफ्ले, स्कुल अफ आर्टस्का कायममुकायम डिन एक्कुमाया पुन, एशोसिएट डिन डा. उद्धव प्याकुरेल, स्कुल अफ म्यानेजमेन्टका डिन प्रा. डा. विजय केसी, एशोसिएट डिन डा. खगेन्द्र आचार्यलगायतको हस्ताक्षर छ । 

    त्यस्तै, स्कुल अफ मेडिकल साइन्सेज डिन प्रा.डा. मनोज हुमागाईँ, स्कुल अफ साइन्सका कायममुकायम डिन प्रा. डा. उज्ज्वलमान जोशी, स्कुल अफ लका डिन प्रा.डा. ऋशिकेश वाग्ले, एशोसिएट डिन डा. शिवकुमार गिरी र स्कुल अफ इन्जिनियरिङका एशोसिएट डिनद्वय डा. श्यामसुन्दर खड्का र प्रा. डा. बालकृष्ण बलको हस्ताक्षर छ । रासस

    Screenshot_2025-02-26-18-02-41-93_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    images
    बुधवार, फाल्गुण १४ २०८१०६:००:३१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार