आइतवार, फाल्गुण १८ २०८१
फागुन, १८ काठमाडौ। काठमाडौ महानगर १५ बिजेश्वरिस्थित द सनसाइन स्कुल/कलेजले स्थापनाको २८औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ । शनिवार एक भव्य कार्यक्रमका बिच बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम मनाएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संचालक समिती अध्यक्ष बिष्णु भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा संघीय संसदको उपसभामुख इन्दिरा राना र विशिष्ट अतिथि तथा सम्मानित स्रष्टा प्राध्यापक डाक्टर कृष्णचन्द्र शर्माले संयुक्त रूपमा पानसमा दीप प्रज्वलित गरि कार्यक्रमको सम्मुद्घाटन गरेको थियो ।

द स्कुल/कलेजले उक्त कार्यक्रममा बिभिन्न ब्याक्तित्वहरुलाई सम्मान गर्ने क्रममा भाषा, साहित्य, कला र वास्तुकलाको समुचित संरक्षण र सम्बर्द्धन लागि अतुलनीय योगदान गर्ने श्रष्टा प्राध्यापक डाक्टर कृष्णचन्द्र शर्मालाई सम्मान गरेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी रानाले नेपालको आफ्नो शिक्षा नीति नभएको भन्दै चाँडोभन्दा चाँडो नेपाली माटो सुहाउँदो शिक्षा नीति निर्माण गर्नुपर्ने बताउनुभयो। शिक्षाको काम असल, नैतिक र देशभक्ति पुर्ण नागरिक निर्माण गर्नु रहेको रानाको भना छ। साथै अहिलेको बजारको लागि Technology र IT सेक्टर अपरिहार्य आवस्यकता रहेको भन्दै त्यो अनुरुप शिक्षानितिलाई बनाउनुपर्ने जोडदिनुभयो ।

कार्यक्रममा प्रा.डा. कृष्णचन्द्र शर्माले विद्यालय शिक्षामा हामिले हाम्रो देशको बारे बुझ्ने शिक्षा प्राप्त नगरेको बताउनुभयो। हामिले देशको बारे पढाएनौ, हाम्रो संस्कृति बारे हामिले पढाएनौ, उहाँले भन्नुभयो,' देशको बारे, भुगोलको बारे र संस्कृति बारे आधारभूत तहमै पढाइ हुनुपर्छ। साथै उहाँले विद्यार्थी, अभिभावक र विद्यालय नमिलेर शिक्षाको उदेश्य पूरा नहुने बताउनुभयो।

कार्यक्रममा विद्यालयका प्राचार्य श्री बाबुराम गौतमले आफ्नो मन्तव्य तथा विद्यालयको वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभयो। उहाँले अहिले एक्काइसौं शताब्दीमा विद्यालयले शिक्षा प्रदान गर्दै संस्कार र इन्फर्मेसन टेक्नोलोजीलाई जोडेर विद्यालयले इन्टिग्रेटेड एप्रोच माध्यमबाट पठनपाठन गर्दै आएको कुरा बताउनुभयो। कार्यक्रममा आउनुभएका अतिथि तथा पाहुनालाई स्वागत तथा मायाको छिनो वितरण गर्दै उहाँले आगामी दिनमा पनि साथ र सहयोग रहने कुरा व्यक्त गर्नुभयो

कार्यक्रममा वडा प्रतिनिधि मैया लक्ष्मी महर्जन, प्याप्सन प्रदेश प्रमुख मुरारी सन्जेल, सचिव जीवन राज पन्थी, महानगर प्याप्सनका अध्यक्ष गगन सिंह ऐर, उपाध्यक्ष रविन बस्नेत, सचिव आरसी भट्ट ,सानका अध्यक्ष दिलिप रेग्मी , उपाध्यक्ष प्रकाश प्रकाश मरासिनी, सामुदायिक स्वास्थ्य सेवा परिषद्का अध्यक्ष हरिगोपाल श्रेष्ठ सर , नप्सोका अध्यक्ष राजकुमार श्रेष्ठ, वरिष्ठ समाजसेवी राजेन्द्र पाण्डे, विद्यालयका प्रिन्सिपल सौर्य खनाल, नारायण गोपाल श्रेष्ठ , अजित राज पाण्डे, वरुण क्षेत्री, लगाएत विद्यार्थी र अभिभावको बाक्लो उपस्थिति रहेको थियो । विद्यार्थीले विविध साँस्कृतिक नृत्य तथा आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रम सहायक प्रिन्सिपल तेजप्रसाद भण्डारीले सञ्चालन गर्नुभयो। कार्यक्रममा विद्यार्थीगरुले आफै बनाएका विभिन्न शैक्षिक क्रियाकलापहरुको प्रदर्शनी समेत गरेका थिए।







