Oct 03 2026 | २०८३, आश्विन १७ गते

पेट्सान वागमती प्रदेश भेला हेटौंडामा सम्पन्न

पेट्सान वागमती प्रदेश भेला हेटौंडामा सम्पन्न

  • 1.0K
    SHARES

  • पेट्सान वागमती प्रदेश भेला हेटौंडामा सम्पन्न

    १८ फाल्गुण, हेटौंडा – सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ नेपाल (पेट्सान) को वागमती प्रदेश भेला हेटौंडास्थित सोलिडारिटी इन्टरनेशनल एकेडेमीकाे सभा हलमा सम्पन्न भएको छ। पेट्सानका राष्ट्रिय अध्यक्ष जे.एस. पौडेलको अध्यक्षता तथा वागमती प्रदेश, सामाजिक विकास मन्त्री माननीय हरीप्रभा खड्गी (श्रेष्ठ)को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

    भेलाले नारद प्रसाद भण्डारीको अध्यक्षतामा ९ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ। कार्यक्रममा मन्तव्य राख्दै, मन्त्री खड्गीले गुठी स्कूलहरूको संरक्षण र नीति सम्बन्धी समस्याहरू समाधानका लागि आवश्यक पहल गरिने बताउनुभयो। साथै, नैतिक, व्यवहारिक र सीपमूलक पाठ्यक्रमलाई प्रवर्द्धन गर्ने विषयमा जोड दिनुभयो।

    कार्यक्रममा पेट्सानका अध्यक्ष जे.एस. पौडेलले संघको गतिविधि, नेपालमा सार्वजनिक शैक्षिक गुठी विद्यालयहरूको वर्तमान अवस्था, सम्भावना र चुनौतीहरू बारेमा चर्चा गर्नुभयो। उहाँले शिक्षालयहरूको भौतिक विकास, विद्यार्थीहरूलाई संस्कारसहितको जीवन्त शिक्षा, शिक्षक तथा कर्मचारीहरूको पेशागत सुरक्षा, र सामाजिक उत्तरदायित्व विषयमा आफ्नो विचार राख्नुभयो।

    त्यस्तै, पेट्सानका संरक्षक रमेश मान महर्जन, निवर्तमान अध्यक्ष रुपक राजवंशी, वरिष्ठ उपाध्यक्ष रमेश महर्जन, उपाध्यक्ष सुनीता सिंह लगायतका विशिष्ट व्यक्तित्वहरूले भेलालाई सम्बोधन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन महासचिव जगत व. महर्जनले गर्नुभएको थियो भने, सोलिडारिटी इन्टरनेशनल एकेडेमीका संस्थापक प्राचार्य ऋषि आचार्यले स्वागत मन्तव्य दिनुभएको थियो।

    कार्यक्रममा केन्द्रिय कार्य समिति पदाधिकारी, सदस्य लगायत विभिन्न विद्यालयका प्रतिनिधिहरू, शिक्षक, पत्रकार, अभिभावक तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    images
    आइतवार, फाल्गुण १८ २०८१०५:४१:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार