Oct 03 2026 | २०८३, आश्विन १७ गते

नगरपालिका स्तरीय अन्तर- विद्यालय एकल नृत्य प्रतियोगिता सम्पन्न

नगरपालिका स्तरीय अन्तर- विद्यालय एकल नृत्य प्रतियोगिता सम्पन्न

  • 594
    SHARES

  • नगरपालिका स्तरीय अन्तर- विद्यालय एकल नृत्य प्रतियोगिता सम्पन्न

    फागुन, १८ गते/ काठमाडौँ। निजि तथा आवासीय विद्यालय संगठन (प्याब्सन)  कीर्तिपुर नगरपालिकाद्वारा आयोजित नगरपालिका स्तरीय अन्तर- विद्यालय एकल नृत्य प्रतियोगिता (MUNICIPAL LEVEL INTER SCHOOL SOLO DANCE COMPETITION-2081) सम्पन्न भएको छ।

    FB_IMG_1740927738712.jpg

    शनिवार प्याब्सन कीर्तिपुर नगर समितिका अध्यक्ष एवं ग्रीन भिलेज एजुकेसन फाउन्डेसनका संस्थापक प्राचार्य रवि भण्डारीको सभापतित्वमा तथा काठमाडौ जिल्ला अध्यक्ष नवराज अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

    FB_IMG_1740880160568.jpg

    कश्यप एकेडेमीमा आयोजना गरिएको उक्त प्रतियोगितामा १५ विद्यालयका सिनियर तर्फ १५ र जुनियर तर्फ १४ विद्यार्थिहरूको सहभागीता रहेको थियो ।

    FB_IMG_1740880154435.jpg

    कार्यक्रममा बिशेष अतिथिको रुपमा काठमाडौं जिल्ला प्याब्सन काठमाडौंका नव निर्वाचित उपाध्यक्ष आर. बि अधिकारी अतिथि कीर्तिपुरका नगर प्याब्सनका सल्लाहकार तथा ल्याबरोटरी स्कुलका प्राचार्य डा. लाक्पा शेर्पा, सल्लाहकार उज्वल शिशु निकेतनका प्राचार्य दिलमान महर्जन, साउथ भ्याली स्कुलका बसन्त पौडेल, कार्य समितिका कोषाध्यक्ष  तथा न्यु होराइजन एकेडेमीका प्राचार्य बुद् महर्जन, सदस्य तथा कृति स्कुलका प्राचार्य कृष्ण उपाध्याय, सदस्य विद्यालय ग्रीन भिलेज सेकेन्डरिका प्राचार्य बच्चु राम बस्नेत, कीर्तिपुर इङ्लिस बोर्डिङ स्कुलका प्राचार्य प्रमिला महर्जन, कस्यप एकेडेमीका प्राचार्य आर. बि अधिकारी लगायत बिभिन्न विद्यलयबाट संस्थापक अध्यक्ष, सह प्रिन्सिपल, प्रतिनिधि शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

    FB_IMG_1740880216074.jpg

    प्रतियोगीतामा सिनियर(कक्षा ६-९) तर्फ प्रथम एसियायी तारापुञ्ज माध्यामिक विद्यालयका रोशनी वाईवा, द्वितीय ल्याबरोटरी स्कुलका बृक्क्ष मल्ल र तृतीय पञ्चरत्न बालबाटिका स्कुलकी दिब्य तामाङ्ले हासिल गरिन।

    FB_IMG_1740880182463.jpg

    त्यसैगरी जुनीयर(कक्षा १-५) तर्फ प्रथम ल्याबरोटरी स्कुलकी प्रज्ञा राई, द्वितीय, कीर्तिपुर इङ्लिस बोर्डिङ स्कुलकी  रितु मगर र तृतीय स्थान बाग भैरव बोर्डिङ स्कुलकी निधि बोगटिले हासिल गरिन्। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।

    FB_IMG_1740880222831.jpg

    यो पनि पढ्नुस् - कीर्तिपुर प्याब्सनद्वारा नगर स्तरीय अन्तर-स्कुल वक्तृत्व प्रतियोगिता सम्पन्न ।

     

    images
    आइतवार, फाल्गुण १८ २०८१०८:४५:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार