Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा ११ को विषय दर्ता, आंशिक, ग्रेडवृद्धि एवं नियमित परीक्षार्थीको परीक्षा फाराम भर्ने म्याद थप

कक्षा ११ को विषय दर्ता, आंशिक, ग्रेडवृद्धि एवं नियमित परीक्षार्थीको परीक्षा फाराम भर्ने म्याद थप

  • 1.2K
    SHARES

  • कक्षा ११ को विषय दर्ता, आंशिक, ग्रेडवृद्धि एवं नियमित परीक्षार्थीको परीक्षा फाराम भर्ने म्याद थप

    फागुन, १९ गते/ काठमाडौ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को विषय दर्ता, पुराना आंशिक तथा ग्रेडवृद्धि एवं नियमित परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्ने म्याद थप गरेको छ।

    शैक्षिक सत्र २०८१/०८२ मा कक्षा ११ को विषय दर्ता एवं पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीहरूको कक्षा ११ र १२ को परीक्षा आवेदन फाराम भर्ने भराउने तथा नयाँ पाठ्यक्रम अनुसार कक्षा १२ को २०८२ सालमा सञ्चालन हुने वार्षिक परीक्षामा सहभागी हुने नियमित तथा आंशिक परीक्षार्थीहरूको परीक्षा आवेदन वापतको शुल्क मिति २०८१ माघ ३० गतेसम्म दाखिला गरिसक्नुपर्ने व्यवस्था गरिएकोमा कतिपय विद्यालयहरूले तोकिएको समयभित्र रकम दाखिला गर्न तथा फाराम बुझाउन छुटाएकाले मिति २०८१ फागुन २१ गतेभित्र अन्तिम पटकका लागि साविक बमोजिमकै शुल्कमा दाखिला गर्न सकिने बोर्दले जारी गरेको सूचनामा उल्लेख छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1740968168379.jpg

    images
    सोमवार, फाल्गुण १९ २०८१०८:०९:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार