Oct 03 2026 | २०८३, आश्विन १७ गते

स्पीकर नेपालको दोस्रो सिजनको उपाधी आश्री रौनियारलाई

स्पीकर नेपालको दोस्रो सिजनको उपाधी आश्री रौनियारलाई

  • 997
    SHARES

  • स्पीकर नेपालको दोस्रो सिजनको उपाधी आश्री रौनियारलाई

    काठमाडौ। शिक्षालय मासिक पत्रिकाको प्रस्तुति तथा पानोरमा अनलाईन टेलिभिजनको आयोजनामा स्पीकर नेपालको दोस्रो सिजन सम्पन्न भएको छ।

    दोस्रो सिजनको फाइनल राउन्ड अडिसनको उपाधी लिट्टिल एञ्जल्स स्कुलका कक्षा ८ की छात्रा आश्री रौनियारले जितेकी छन। उक्त अडिसनमा फष्ट रनर अपमा लिट्टिल एञ्जल्सकै कक्षा ९ का सम्पन्न बानियाँ र सेकेण्ड रनर अपमा पनि सोही विद्यालयका कक्षा ८ का छात्रा निर्देष्टा ढकाल, कक्षा ९ का छात्रा युनिशा शाक्य र कक्षा ६ का छात्रा आरोही कुँवर सफल भएका छन् ।    

    IMG-20250303-WA0015~2.jpg

    स्पीकर नेपालको दोस्रो सिजनको अडिसन राउण्ड ललितपुरमा अवस्थित अनल ज्योति स्कुल, श्रीकुल स्कुल, लिट्टिल एञ्जल्स स्कुल र काठमाण्डौं चावहिलमाा अवस्थित सेन्ट लरेन्स स्कुलमा भएको थियो । उपत्यकाको 'क' श्रेणीका २० वटा विद्याालयबाट करीब २०० जना विद्याार्थीहरुले सहभागिता जनाएका थिए ।

    अडिडसन राउण्डबाट सेलेक्सन राउण्डमा ५० जना विद्यार्थीहरु पुग्न सफल भएका थिए । सेलेक्सन राउण्डबाट फाइनल राउण्डमा टप ११ छानिएका थिए । यसरी बिभिन्न चरण पार गर्दै फाइनल राउण्डमा सबैलााई उछिनेर आश्री रौनियार दोस्रो सिजनको स्पीकर नेपाल बन्न सफल भएकि हुन् ।  

    स्पीकर नेपाल उपाधी बिजेतालाई २५,००० नगद, फष्ट रनर अपलाई १५,०० र सेकेण्ड रनर अप तीनै जनालाई जनही १०/१० हजार नगद राशी प्रदान गरिएको थियो। पुरस्कारको प्रायोजन आलिशान वल्र्ड फर्निचरले गरेको थियो । आलिशान वल्र्ड फर्निचरले स्पीकर नेपालको मुख्य प्रायोजकको रुपमा विगत वर्षदेखि नै सहकाार्य गर्दै आएको छ ।

    स्प्किर नेपालको आयोजना गर्नुको मुख्य उद्देश्य भनेको विद्यार्थीहरुमा आत्माविश्वास बढाउन, पठन शैली र खोज गरेर ज्ञानको दायरा बढाउने परिपाटीको विकास गर्नु रहेको पानोरमा टेलिभिजनका अध्यक्ष श्याम तण्डुकारले बताउनुभयो । ज्ञानको दायरा बढेपछि विद्यार्थीहरुले आाफ्नो भाव, बिचार र तर्क  सबैका सामु निधक्क संग राख्न सक्ने उनको भनाइ छ।

    images
    मंगलवार, फाल्गुण २० २०८१०८:३५:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार