Jul 27 2026 | २०८३, श्रावण ११ गते

महासंघले भन्यो; प्रधानमन्त्रीको असहिष्णु र अशोभनीय मन्तव्य प्रति गंभिर ध्यानाकर्षण

महासंघले भन्यो; प्रधानमन्त्रीको असहिष्णु र अशोभनीय मन्तव्य प्रति गंभिर ध्यानाकर्षण

  • 975
    SHARES

  • महासंघले भन्यो; प्रधानमन्त्रीको असहिष्णु र अशोभनीय मन्तव्य प्रति गंभिर ध्यानाकर्षण

    काठमाडौ। नेपाल शिक्षक महासंघले प्रधानमन्त्रीले हालै एउटा सार्वजनिक मञ्चमा दिएको मन्तव्य असहिष्णु र अशोभनीय भन्दै गंभिर ध्यानाकर्षण भएको बताएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एक बिज्ञप्ति जारी गर्दै ओलिबाट हालसालै कुनै सार्वजनिक कार्यक्रममा मन्तव्य राख्दै गर्दा नेपाली शिक्षक समुदाय माथि गरिएको असहिष्णु र अशोभनीय भएको भन्दै ध्यानाकर्षण गरेको हो।

    बिज्ञप्तिमा नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलिबाट हालसालै कुनै सार्वजनिक कार्यक्रममा मन्तव्य राख्दै गर्दा नेपाली शिक्षक समुदाय माथि गरिएको असहिष्णु र अशोभनीय अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

    देशमा गुणस्तरीय शिक्षाको विकास र विद्यार्थीको भविष्यको लागि अहोरात्र खटिइरहेका शिक्षक माथि यस्तो अमर्यादित र हेपाहा अभिव्यक्ति राखिनु निन्दनीय कुरा हो । हामी यो अभिव्यक्तिको कडा विरोध गर्दछौं। साथै आगामी दिनमा नेपाली शिक्षक-कर्मचारीलाई लाञ्छित गर्ने खालका यस्ता अशोभनीय र असान्दर्भिक अभिव्यक्ति नराख्न सम्बन्धित सबैलाई चेतावनी सहित ध्यानाकर्षण गराउँछौं महासंघले जारी गरेको बिज्ञप्तिमा लेखिएको छ।

    यस्तो छ बिज्ञप्ति

    FB_IMG_1741107642482.jpg

    images
    बुधवार, फाल्गुण २१ २०८११०:०७:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार