Jul 27 2026 | २०८३, श्रावण ११ गते

सांसद माधव सापकोटाले भने सरकारले नै शिक्षकहरूलाई आन्दोलनकारी बनायो

सांसद माधव सापकोटाले भने सरकारले नै शिक्षकहरूलाई आन्दोलनकारी बनायो

  • 1.2K
    SHARES

  • सांसद माधव सापकोटाले भने सरकारले नै शिक्षकहरूलाई आन्दोलनकारी बनायो

    फागुन, २२ काठमाडौ। नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधि सभा सांसद माधव सापकोटाले सरकारले नै शिक्षकहरूलाई आन्दोलनकारी बनाएको आरोप लगाएका छन्। आज भएको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद सापकोटाले सरकारले नै शिक्षकहरूलाई आन्दोलनकारी बनाएको आरोप लगाएका हुन्।

    शिक्षकहरूले पेसागत माग राखेर फागुन २४ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेको उल्लेख गर्दै एसईईको समयमा शिक्षकहरूलाई आफ्नो पेसामा जाने वातावरण बनाउन सरकारको ध्यानाकर्षण समेत गराए। नेपाल शिक्षक महासङ्घले २०८० साल असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौँ केन्द्रीत आन्दोलन गरेपछि तत्कालीन सरकारले सम्झौता गरेको बताउँदै शिक्षकहरूसँगको सहमति अनुसार संशोधन समेत दर्ता गरेको जानकारी गराए । तर सरकारले उल्टै अध्यादेशभित्र पेन्सनसँग सम्बन्धीत विषय छिराएकोले शिक्षकहरू राजी नभएको समेत उनको भनाई थियो ।

    सांसद सापकोटाले भने ‘नेपाल शिक्षक महासङ्घको नेतृत्वमा गत वर्ष २०८० असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौँमा संसारकै ध्यान केन्द्रीत गर्ने गरी आन्दोलन गर्नुभयो । तत्कालीन सरकारले वार्ता गर्यो, नेपाल शिक्षक महासङ्घसँग सुरुमा ६ बुँदे सम्झौता भयो । त्यसमा राहत शिक्षक, पेन्सन वञ्चित, बालविकास र साविक उच्च मावि लगायतका अस्थायी प्रकृतिका शिक्षकहरूले असहमति जनाएर आन्दोलन जारी राखेपछि फेरी १२ गते ५ बुँदे सम्झौता भयो ।’

    सापकोटाले २०८० फागुन २४ गते नेपाल शिक्षक महासङ्घले पुन सङ्घर्षका कार्यक्रमहरू घोषणा गरेको उल्लेख गर्दै यसमा सरकारले बेलैमा ध्यान केन्द्रीत गर्न सभामुख मार्फत सरकार र संसदलाई ध्यानाकर्षण गराएका छन् । उनले अहिले एसईईको समयमा ध्यान केन्द्रीत गरेर पठनपाठन गराउनु पर्नेमा सरकारले नै शिक्षकलाई आन्दोलनकारी बनाएको बताए ।

    ‘शिक्षकहरूले अहिले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्,एसइई परीक्षा नजिकिदै छ,त्यसैले सरकारले पठनपाठन गराउनेबेला शिक्षकहरूलाई आन्दोलनकारी बनाउँदै छ । त्यसैले शिक्षकहरूलाई मर्यादित भएर आफ्नो पेशामा जाने वातावरण सरकारले निर्माण गरोस् भनी म संसद र सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु, सांसद सापकोटाले भने।

    images
    बिहिवार, फाल्गुण २२ २०८१०८:१०:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार