शुक्रवार, फाल्गुण २३ २०८१
फागुन, २३ काठमाडौ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ ।
मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रमको अधिनमा रही "निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने सम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०७९" बमोजिम निजामती कर्मचारीका सन्ततिलाई स्वदेशमा उच्च शिक्षा अध्ययनका लागि शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने प्रयोजनका लागि आवेदन आह्वान गरेको हो।
निजामती सेवा ऐन, २०४९, नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ तथा व्यवस्थापिका-संसद् सचिवालय सम्बन्धी ऐन, २०६४ बमोजिमको सेवाको पदमा बहाल रहेका स्थायी कर्मचारी, कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम सरकारी सेवाबाट प्रदेश र स्थानीय तहमा समायोजन भएका निजामती कर्मचारी र निजामती सेवाको पदबाट निवृत्तभरण पाउने अवधि पूरा भई अवकाश भएको वा निजामती सेवाबाट संबैधानिक निकायको पद वा न्यायाधीशको पदमा नियुक्ति भई बहाल रहेको त्यस्तो पदाधिकारी वा न्यायाधीशका तपसिलमा उल्लिखित योग्यता भएका सन्ततिले प्रथम पटक सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र www.santati.mofaga.gov.np मार्फत निर्देशिकाको अनुसूची १ बमोजिमको ढाँचामा अनलाइन दरखास्त (Online Application) दिन सक्ने छन।
बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

