Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षक महासंघको आन्दोलनमा सहभागी हुन ईसीडी शिक्षकलाई सर्कूलर

शिक्षक महासंघको आन्दोलनमा सहभागी हुन ईसीडी शिक्षकलाई सर्कूलर

  • 1.0K
    SHARES

  • शिक्षक महासंघको आन्दोलनमा सहभागी हुन ईसीडी शिक्षकलाई सर्कूलर

    काठमाडौ। नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिले नेपाल शिक्षक महासंघको आयोजनामा यही फागुन २४ गते शनिबार माइतीघर मण्डलामा शिक्षा ऐनका लागि हुने बृहत् आन्दोलनमा अनिवार्य सहभागी हुन सर्कुलर जारी गरेको छ। समिति अध्यक्ष कृष्णकुमारी थापा र महासचिव निर्मला गिरीद्वारा जारी सर्कुलरमा महासंघको आन्दोलनमा सहभागी हुन सर्कुलर जारी गरेको

    केन्द्रीय समिति बैठकको १९ गतेको निर्णय अनुसार काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला समितिहरूले सम्पूर्ण बालविकास शिक्षकलाई कार्यक्रमको लागि अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ।

    अन्य जिल्लाहरूमा शिक्षक महासंघले प्रकाशित गरेको जिल्लागत संख्याको आधारमा सम्बन्धित जिल्ला समितिहरूको समन्वयमा शिक्षकहरूको सहभागिता सुनिश्चित गरिने बताइएको छ। जिल्लामा महासंघ नभएका क्षेत्रहरूमा शिक्षक संघसंगठनको समन्वयमा सहभागिता जनाउने प्रक्रिया अघि बढाइने नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिले जारी गरेको सर्कुलरमा उल्लेख छ

    सर्कुलरमा केन्द्रीय समितिका सबै सदस्यहरूको अनिवार्य उपस्थित सुनिश्चित गरिने र सचिवालयका सदस्यहरू २३ गते बेलुकीसम्म काठमाडौँ आइपुग्नुपर्ने छ। सचिवालयको भौतिक बैठक पनि २३ गते बेलुकी बस्नेछ।

    सर्कुलरमा आन्दोलनमा सहभागी शिक्षकहरूले आफ्नो आर्थिक र बसाई व्यवस्था आफैँले गर्नुपर्ने उल्लेख छ।

    Screenshot_2025-03-07-09-37-05-54_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    images
    शुक्रवार, फाल्गुण २३ २०८१०९:५३:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार