Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिभुवन विश्वविद्यालय रेक्टर कार्यालयमा विद्यार्थीले गरे तोडफोड

त्रिभुवन विश्वविद्यालय रेक्टर कार्यालयमा विद्यार्थीले गरे तोडफोड

  • 793
    SHARES

  • त्रिभुवन विश्वविद्यालय रेक्टर कार्यालयमा विद्यार्थीले गरे तोडफोड

    फागुन, २३ गते/काठमाडौँ । त्रिभुवन विश्वविद्यालय रेक्टर कार्यालयमा नेविसंघका विद्यार्थीहरुले तोडफोड गरेका छन् । त्रिवि सङ्घर्ष समितिको नाममा शुल्क घटाउन माग गर्दै आएका विद्यार्थीहरूले केन्द्रीय विभाग बनेपछि पनि शुल्क नघटाएको भन्दै विद्यार्थीहरूले रेक्टर कार्यालयमा तोडफोड गरेका हुन् ।

    यसअघि त्रिवि सङ्घर्ष समितिको नाममा शुल्क घटाउन माग गर्दै तालाबन्दी गरिएको थियो । तर, रेक्टरले समन्वय नै नगरी ताला तोड्न लगाएपछि तोडफोड गरिएको जनाएका छन । 

    त्रिभुवन विश्वविद्यालयले विभिन्न ४ वटा विभागहरूलाई केन्द्रीय विभाग बनाएको थियो । अन्तर्राष्ट्रिय सम्बन्ध, शान्ति र विकास, लैङ्गिक अध्ययन र सामाजिक कार्य विभागलाई केन्द्रीय विभाग बनाएको थियो । सेल्फ सस्टेन्ट कार्यक्रमहरूलाई केन्द्रीय विभाग बनाएपछि शुल्क घटाउनुपर्ने, स्ववियु मतदानको अधिकार प्रदान गर्नुपर्ने लगायतका माग राखेर त्रिवि सङ्घर्ष समितिको नामबाट तालाबन्दी गरिएको थियो ।

    images
    शुक्रवार, फाल्गुण २३ २०८१०२:१४:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार