Oct 03 2026 | २०८३, आश्विन १७ गते

भिमेश्वर एकेडेमीले मनायो स्थापनाको १९औं वार्षिकोत्सव तथा अभिभावक दिवस

भिमेश्वर एकेडेमीले मनायो स्थापनाको १९औं वार्षिकोत्सव तथा अभिभावक दिवस

  • 608
    SHARES

  • भिमेश्वर एकेडेमीले मनायो स्थापनाको १९औं वार्षिकोत्सव तथा अभिभावक दिवस

    फागुन, २४ गते/काठमाडौँ।  जिल्लाको कागेश्वरी मनोहरा नगरपालिकामा अवस्थित भिमेश्वर एकेडेमीले स्थापनाको १९औं वार्षिकोत्सव तथा अभिभावक दिवस भब्यरुपमा मनाएको छ। विगत १९ वर्षदेखि शैक्षिक उत्कृष्टताको यात्रालाई निरन्तरता दिँदै आएको भिमेश्वर एकेडेमीले शनिबार विद्यालयमा भब्य सांस्कृतिक कार्यक्रमकाबीच  १९औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो।

    वाषिर्कोत्सव दिवसका अवसरमा विद्यालयले आफ्नो शैक्षिक उपलब्धिहरू सार्वजनिक गर्नुका साथै विद्यार्थीहरूलाई उनीहरूले सिकेका ज्ञान तथा सीप प्रदर्शन गर्ने अवसर प्रदान गरेको थियो । भने विद्यार्थीहरूले आफ्नो वर्षभरि सिकेका ज्ञान, सीप तथा प्रतिभा प्रदर्शन गरेका थिए।

    कार्यक्रमका विद्यालयले अतिरिक्त गतिविधिहरूमा विशेष योगदान तथा अनुशासन र नेतृत्व क्षमतामा आधारित विभिन्न विधामा पुरस्कार तथा प्रमाणपत्र वितरण गरेको थियो।

    कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी प्रमुख अतिथि रहनुभएको । साथै बिशेष अतिथिको रुपमा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपाने, नेशनल प्याब्सनका महासचिव प्रकाश चन्द्र खड्का, नेशनल प्याब्सन काठमाडौँका उपाध्यक्ष प्रेमकुमार भुजेल, कागेश्वरी मनोहरा नगरपालिकाका अध्यक्ष रञ्जन न्यौपाने, फिजमका सचिव सुनिल केसी रहेका थिए।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि दामोदर भण्डारीले शिक्षा क्षेत्रलाई सुधार गर्दै नेपालको समग्र विकासमा टेवा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले शिक्षामा सुधार ल्याउन सरकारको निरन्तर प्रयास रहेको भन्दै निजी विद्यालयहरूले शिक्षा क्षेत्रको विकासमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गरिनु पर्ने धारणा राख्नुभयो। साथै, उहाँले भिमेश्वर एकेडेमीलाई उत्कृष्ट शैक्षिक संस्थाको रूपमा चित्रण गर्दै विद्यालयले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले संसद्को चालु अधिवेशनबाटै शिक्षा विधेयक पारित गर्ने सरकारको योजना रहेको दाबी गर्नुभयो। 

    Screenshot_2025-03-08-21-45-53-41_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    उक्त कार्यक्रममा नेशनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले नेपालको शैक्षिक प्रणाली सुधार गर्न शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले शिक्षामा निजी विद्यालयहरूको योगदान महत्वपूर्ण रहेको भन्दै सरकारले निजी क्षेत्रसँग सहकार्य गरी व्यवहारिक, वैज्ञानिक र प्रविधिमैत्री शिक्षा प्रणालीको विकास गर्नु पर्ने सुझाव दिनुभयो। साथै, विद्यालयहरूले विद्यार्थीसँगै अभिभावकहरूसँग पनि समन्वय गर्दै सर्वोत्तम शैक्षिक वातावरण सिर्जना गर्नुपर्ने कुरामा जोड दिनुभयो।

    Screenshot_2025-03-08-21-45-29-66_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    वार्षिकोत्सबका अवसरमा बोल्दै प्रिन्सिपल अमृतकुमार खड्काले आगामी दिनहरुमा विद्यालयलाई थप परिस्कृत गर्दै आगामी वर्षहरूमा डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने , प्रविधिमैत्री कक्षा सञ्चालन गर्ने, अध्ययन र अनुसन्धानलाई प्रोत्साहित गर्ने तथा प्रयोगात्मक शिक्षालाई अझ प्रभावकारी बनाउने बताउनुभयो। साथै विद्यार्थीहरूका लागि व्यक्तित्व विकास तथा नेतृत्व विकासका कार्यक्रमहरू सञ्चालन गर्ने, शिक्षकहरूलाई नियमित तालिम प्रदान गर्दै नवीनतम शिक्षण विधिहरूको प्रयोग गर्ने जस्ता कुराहरुमा विद्यालय सचेत रहेको बताउनुभयाे ।

    Screenshot_2025-03-08-21-45-07-88_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    प्रिन्सिपल खड्काले भिमेश्वरलाई देशकै उत्कृष्ट शैक्षिक संस्था बनाउन दीर्घकालीन योजना अनुसार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । १९औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गर्दै भिमेश्वर एकेडेमीले आफ्नो शैक्षिक लक्ष्य, विद्यार्थीको समग्र विकास र शिक्षाक्षेत्रमा पुर्‍याएको योगदानलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

    विद्यालयले नयाँ प्रविधि, नवीनतम पाठ्यक्रम र आधुनिक शिक्षण विधिहरूलाई आत्मसात् गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित आगामी वर्षहरूमा अझ प्रभावकारी ढंगले अघि बढ्ने योजना बनाएको छ।

    उक्त कार्यक्रममा विद्यालयले शिक्षाक्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै नेशनल प्याब्सनका अध्यक्ष सुवास न्यौपाने र महासचिव प्रकाश चन्द्र खड्कालाई सम्मान गरेको थियो। उहाँहरूलाई विद्यालय व्यवस्थापन समितिद्वारा प्रशंसा पत्र, सम्मान चिन्ह तथा विशेष उपहार प्रदान गरिएको थियो।

    images
    शनिवार, फाल्गुण २४ २०८१०९:४२:४७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार