Oct 03 2026 | २०८३, आश्विन १७ गते

चेतना सदन स्कुलको २०औं अभिभावक दिवस सम्पन्न

चेतना सदन स्कुलको २०औं अभिभावक दिवस सम्पन्न

  • 715
    SHARES

  • चेतना सदन स्कुलको २०औं अभिभावक दिवस सम्पन्न

    फागुन, २५ गते/ काठमाडौ। जिल्लाको नागार्जुन १, रानिवनस्थित चेतना सदन स्कुलको २०औं अभिभावक दिवस विभिन्न साँस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ। शनिवार विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोपाल प्रसाद पन्तको सभापतित्व तथा बागमती प्रदेश कृषि तथा पशुपान्छी बिकास मन्त्री प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सप्पन्न भएको हो।

    IMG_4103 (1)~2.JPG

    विद्यालयले विगत २० वर्षदेखि शैक्षिक उत्कृष्टताको यात्रालाई निरन्तरता दिँदै आएको छ। यस अवसरमा विद्यालयले आफ्नो शैक्षिक उपलब्धिहरू सार्वजनिक गर्नुका साथै विद्यार्थीहरूलाई उनीहरूले सिकेका ज्ञान तथा सीप सांस्कृतिक नृत्य र गायन प्रस्तुत गर्ने अवसर प्रदान गरेको थियो ।

    IMG_4169 (1)~2.JPGIMG_4218~2.JPG

    सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा बागमती प्रदेश कृषि तथा पशुपान्छी बिकास मन्त्री प्रकाश श्रेष्ठ आफ्नो निर्वाचन क्षेत्रभित्र चेतना सदन स्कुलले गरेको प्रगतिको प्रसंसा गर्नुभयो। मन्त्री श्रेष्ठलेले अब प्राबिधिक र व्यावसायिक शिक्षामा जोड दिन अनुरोध गर्नुभयो। उहाँले शिक्षा क्षेत्रमा संस्थागत विद्यालयहरुले दिएको योगदानको कदर गर्नुपर्ने बताउनुभयो ।

    IMG_4346 (1)~2.JPG

    मन्त्री श्रेष्ठले विद्यालयले नयाँ प्रविधि, नवीनतम पाठ्यक्रम र आधुनिक शिक्षण विधिहरूलाई आत्मसात् गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित आगामी वर्षहरूमा अझ प्रभावकारी ढंगले अघि बढ्ने योजना बनाउनुपर्ने भन्दै त्यसकोलागी प्रदेश सरकारले सहकार्य गर्न सक्ने बताउनुभयो।

    IMG_4132 (1)~3.JPG

    कार्यक्रममा बोल्दै बिद्यालय प्राचार्य डिबीढकालले २०औं अभिभावक दिवस भव्य रूपमा सम्पन्न गर्दै चेतना सदन सेकेन्डरी स्कुलले शैक्षिक लक्ष्य, विद्यार्थीको समग्र विकासमा बिशेष जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले शुल्कले मात्रै शिक्षाको गुणस्तर निर्धारण नहुने भन्दै शिक्षक, कर्मचारीहरुको मिहेनतमा भर पर्ने बताउनुभयो। साथै चेतना सदनलाई उत्कृष्ट शैक्षिक संस्था बनाउन दीर्घकालीन योजना अनुसार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    IMG_4210~2.JPG

    कार्यक्रमको अन्त्यमा सभापति तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोपाल प्रसाद पन्त उपस्थित अभिभावकहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले बिद्यालयले शैक्षिक गुणस्तरको लागि निरन्तर लागिरहने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

    IMG_4131 (1).JPG

    अभिभावक दिवसमा चेतना सदन स्कुलका सहप्राचार्य तथा नोप्सोका अध्यक्ष राजकुमार श्रेष्ठ, नागार्जुन १ का वडा सदस्य, रामप्रसाद खनाल, शिक्षा शाखा प्रमुख कृष्ण बहादुर कुवर,  प्याब्सन नागार्जुनका अध्यक्ष बासुदेव घिमिरे, सचिव प्रकाशमान शाही, प्याब्सन काठमाडौ जिल्लाका परीक्षा सचीव सुर्य बहादुर केसी, लगाएत प्याब्सन, एन प्याब्सन तथा विभिन्न विद्यालयका प्राचार्यहरु, स्थानीय शैक्षिक ब्यक्तितब, बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो। २०औं अभिभावक दिवसको अवसरमा सामाजिक दायित्व अन्तर्गत बिद्यालयमा पढ्ने विद्यार्थीहरुको ७० बर्ष पुरा गरेका हजुरबा, हजुरआमाहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

    IMG_4332 (1)~2.JPGIMG_4277~2.JPGIMG_4268~2.JPGIMG_4164 (1)~2.JPGIMG_4259~2.JPGIMG_4359.JPGIMG_4369.JPG

    images
    आइतवार, फाल्गुण २५ २०८११०:०७:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार